दिदि बहिनी सहकारीको १४ औं साधारण सभा सम्पन्न
खर्वाङ । दिदि बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं साधारण सभा सम्पन्न भएको छ ।
बडिगाड गाँउपालिका २ खर्वाङमा सम्पन्न साधारण सभामा पालिका उपाध्यक्ष भिमसेन वनले दुःखपर्दा आवश्यक हुने र अफट्यरो पर्दा सहकारीले नै सहयोग गर्ने गरेको भन्दै दिगो सहकारीको लागि नियमित बचत तथा ऋण कारोवार आवश्क प्रर्ने बताए ।
वनले महिला सम्पतिको मालिक कि संरक्षक ? आफ्नो शरिर आफ्नो हो कि हैन ? जस्ता प्रश्नले आफुलाई सताउने गरेको भन्दै दिदि बहिनी सहकारीले अल्पकालिन सेवा केन्द्र संचालन गर्ने अपेक्षा समेत राखे ।
विसं.२०६७ सालमा स्थापना भएको सहकारीका १५ जना शेयर सदस्यको गत आर्थिक वर्ष सम्म ७६ लाख ७ हजार शेयर रकम रहेको संस्थामा ४ करोड ३५ लाख २४ हजार ९९७ बचत तथा ५ करोड ६८ लाख ७६ हजार ९५७ कर्जा लगानी गरेको सहकारीमा ९६ लाख २४ हजार ४५४ कोषहरु रहेका छन ।
साधारण सभामा गाँउघरका महिलाहरुलाई उद्यमी बनाउनको लागि दिदि बहिनी सहकारीले खेलेको भुमिकाको प्रसंसा गर्दै वडाध्यक्ष ढाल प्रसाद शेरचन, सहकरीको तर्फदेखि खगिश्वर अर्याल तथा संस्थाहरुको तर्फदेखि कमल पौडेलले बोल्दै सहकारीबाट लगेको कर्जाको सहि सदुपयोग गर्नुप्रर्नेमा जोड दिए ।
संस्थाका कोषाध्यक्ष देउमाया रानाले गत वर्ष ६५ लाख ६ हजार ८९९ आम्दानी र ४ लाख १४ हजार ९५५ खर्च सहितको आर्थिक प्रतिवेदन, अध्यक्ष विष्णुमाया अर्यालले संस्थाको प्रगति तथा आगामी वर्षको कार्यक्रम प्रस्तुत गरेको साधारण सभामा लेखा प्रतिवेदन संयोजक चमेला अर्यालले प्रस्तुत गरेका थिए ।
सोहि अबसरमा ७० वर्ष भन्दा माथिका सहकारीका जेष्ठ शेयर सदस्य एैन कुमारी राना, रुपकली थापा, नन्द कुमारी थापा र कवि गिरी, उत्कृष्ट बचतकर्ता धन कुमारी पोखरेल, बाल बचतकर्ता सञ्जिला राना साथै त्रिभुवन नमुना मावि खर्वाङबाट कक्षा १२ को परिक्षामा उत्कृष्ट अंक लिने शेयर सदस्य लक्ष्मी भण्डारी पोखरेलकी छोरी समिक्षा पोखरेललाई सम्मान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष गिता पोखरेलको स्वागत रहेको १४ औं साधारण सभामा अध्यक्ष विष्णु माया अर्यालको अध्यक्षता तथा कार्यावाहक सचिव पुष्पा थापको संचालन रहेको थियो ।
प्रतिकृया दिनुहोस