• १५ पौष २०८१, सोमबार
  • २३:१८:१०

Now:

Next:

सानो रिघा आधारभूत विद्यालयको स्वर्ण महोत्सव तयारी तीब्र

PIc - Shishir Shrees Magar

गलकाेट । सानो रिघा आधारभूत विद्यालय गलकोट नगरपालिका- ११ रिघा बागलुङको स्वर्ण महोत्सवको तयारी तीब्र रुपमा अगाडी बढेको छ । विद्यालयले आफ्नो स्थापनाको ५० औँ जन्मोत्सव यही पौष ७ गतेदेखि ११ गतेसम्म विविध कार्यक्रम सहित मनाउन लागिरहेको छ ।

“प्रविधियुक्त गुणस्तरीय आधारभूत शिक्षा, आधुनिक बालमैत्री भौतिक पूर्वाधार हाम्रो ईच्छा” भन्ने नारा सहित स्वणर् महोत्सवको तयारी व्यापक रुपमा अगाडी बढिरहेको विद्यालयका प्रधानाध्यापक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

उहाँले कार्यक्रम तयारीका लागि गठन भएका विभिन्न उपसमितिहरुले आआफ्नो काम गरिरहेको र निमन्त्रणा, प्रचारप्रसार लगायत अन्य आन्तरिक व्यवस्थापनका कामहरु पनि अन्तिम चरणमा पुगेको बताउनुभयो ।

विद्यालयले स्वणर् महोत्सव सम्पन्न गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर बुढाथोकी संयोजक रहेको मूल समारोह समिति सहित अन्य १७ वटा उपसमितिहरु गठन गरेको छ ।

विद्यालय व्यवस्थापन समितका अध्यक्ष बुढाथोकीका अनुसार शिक्षण सिकाईलाई समयको माग र परिवर्तनसंगै प्रविधियुक्त बनाउने, आधुनिक बालमैत्री भौतिक पूर्वाधारहरुको निर्माण गर्ने र असहाय, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुका लागि अक्षयकोष स्थापना गर्ने लक्ष्य सहित स्वणर् महोत्सव आयोजना गरिएको छ ।

विद्यालयले त्यसका लागि आर्थिक संकलन अभियान समेत सञ्चालन गरिरहेको छ । घरदैलो अभियान सहित पूर्व विद्यार्थी, पूर्व प्र.अ., शिक्षक सहित सम्पूणर् सरोकारवालाहरुबाट सहयोग रकम आउनेक्रम जारी रहेको र १ करोड संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म झण्डै ७० लाख भन्दा भाथि बढी संकलन भईसकेको आर्थिक समितिका सयोजक धन बहादुर पुनले जानकारी दिनुभयो ।

स्वणर् महोत्सवको अवसरमा विद्यालयका चन्दादाता सम्मान, विद्यालयका पूर्व प्र.अ र शिक्षक सम्मान, पूर्व विद्यार्थी पुर्न : मिलन, शैक्षिक कार्यक्रम , अन्तर विद्यालय आधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगीता (कक्षा १-५), आधारभूत तह स्तरीय वक्तृत्वकला प्रतियोगीता (कक्षा ५-८), आधारभूत तह स्तरीय सुन्दर लेखन प्रतियोगीता (कक्षा १-३), खुल्ला वडा स्तरीय पुरुष भलिवल प्रतियोगीता, महिला भलिवल प्रतियोगीता, खुल्ला सामूहिक लोकनृत्य प्रतियोगीता, अभिभावक कुर्ची दौड प्रतियोगीता र ४० वर्ष उमेर माथिको पुरुष भलिबल प्रतियोगीता लगायतका कार्यक्रमहरु सञ्चालन हुने विद्यालयले जनाएको छ ।

वि.स. २०३१ सालमा स्थापना भएको विद्यालयमा हाल बाल कक्षा देखि ८ सम्मका कक्षाहरु सञ्चालन हुदै आइरहेका छन् ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै