• ६ कार्तिक २०८१, मंगलबार
  • २३:२९:४८

Now:

Next:

असोज १४ गते वामीटक्सारमा एमाले मुसिकाेटले नगरअधिवेशन गर्दै

नेपाल कम्युनिष्ट पार्टी (एमाले) मुसिकोट नगरकमिटीको दशौ पूर्ण बैठक वामीटक्सारमा सम्पन्न भएको छ । बैठकले संगठन सुदृढिकरणका सम्बन्धमा विविध निर्णयहरू गरिएको नगर पार्टी अध्यक्ष प्रकाश काफ्लेले बताउनुभएकाे छ ।

अध्यक्ष काफ्लेका अनुसार असोज ३ गतेसम्म वडाकमिटीको बैठक बस्ने, असोज ११ गते सम्म वडाअधिवेशन गरि सक्ने र असोज १४ गते वामीटक्सारमा नगरअधिवेशन भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरिएको छ ।

अधिवेशन लाई केन्द्रित गरेर बैठकमा विभिन्न उपसमितिहरू बनाऊने निर्णय भएको प्रचारप्रसार विभाग प्रमुख रामकृष्ण कंडेलले बताउनुभयो। कंडेलका अनुसार प्रकाश काफ्लेको संयोजकत्वमा प्रतिबेदन लेखन विभाग उपसमिति, रामकृष्ण कंडेलको संयोजकत्वमा प्रचारप्रसार विभाग गठन भएकाे छ ।

यस्तै टोपनारायण श्रेष्ठको संयोजकत्वमा साउन्ड सिष्टम तथा मन्च ब्यबस्थापन बिभाग, लक्ष्मण फुल्लेलको संयोजकत्वमा खाना व्यवस्थापन विभाग, सन्दिप खत्री संयोजक तथा राजेश रायमाझि सहसंयोजक रहनेगरी स्वयंसेवक बिभाग, सिरीकृष्ण सापकोटा संयोजक रहनेगरी खानेपानी व्यवस्थापन विभाग निर्माण गरिएको छ ।

यसैगरी अखिल नेपाल महिला संघका पदाधिकारीहरूको सकृयतामा अतिथि सत्कार गरिने छ। मुसिकोट नगर अधिबेशन लाई ब्यबस्थित बनाऊनका लागि बिभागिय प्रमुखहरूले आफु मातहतको बिभाग लाई पुर्णता दिदै कामहरू शुरू भईसकेको प्रचार विभाग प्रमुख कंडेलले जानकारी दिनुभयाे ।

प्रतिकृया दिनुहोस