• २६ बैशाख २०८२, शुक्रबार
  • १९:१४:१५

Now: सारथी हालचाल

Next: सारथी क्वीज

जनश्रमदान र आर्थिक सहयोग संकलनबाटै बन्याे पौदिअमराई ढाँणमा शिवालय मन्दिर

गुल्मी । मुसिकोट नगरपालिका १,पौदिअमराई ढाँणमा नवनिर्मित शिवालय मन्दिरकाे उद्घाटन एबम प्राणप्रतिष्ठा गरिएकाे छ । स्थानियको आर्थिक सहयोगमा गत माघदेखि निर्माण सुरु भएको मन्दिर निर्माण सम्पन्न पश्चात्त गत शुक्रबार प्राणप्रतिष्ठा गरिएको हो ।

महाशिवरात्री तथा तीजको बेला व्रत बस्ने वर्तालुहरुले पुजाअर्चनाकै लागि निकै टाढाको मन्दिरमा जानुपर्ने बाध्यता भएपछि स्थानियकाे जनश्रमदान र आर्थिक सहयोग संकलन गरि मन्दिर निर्माण गरिएको जनसेवा युवा क्लबका अध्यक्ष कुशल जिसीले बताउनुभयो।

मन्दिर निर्माणको लागि १ सय ४२ जना स्थानियबाट नगद रु ७ लाख तथा जिन्सी सहयोग र मुसिकोट नगरपालिका वडा न १ को कार्यालयबाट १ लाख आर्थिक सहयोग प्राप्त भएको आर्थिक संकलन अभियानका अध्यक्ष यम बहादुर थापाले जानकारी दिनुभयो। 

मन्दिर निर्माण गर्दा हालसम्म नगद र जनश्रमदान गरि करिब १८ लाख रुपियाँ खर्च भएको र मन्दिरमा अन्य पूर्वाधार निर्माणको काम बाँकी रहेकोले काम पूरा हुंदासम्म अनुमानित खर्च २० लाख रुपियाँ हुने अध्यक्ष थापाले जानकारी दिनुभयो ।

प्राणप्रतिष्ठाकाे अबसरमा वडाध्यक्ष्य आन्नद श्रेष्ठले स्थानियहरुले गर्ने रचनात्मक र सामाजिक महत्वका कार्यमा वडाबाट सबैखाले सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै