सिसाखानी माबिमा पुर्व शिक्षक सम्मान, ५ लाखको अक्षय कोषको स्थापना गर्ने घोषणा

खर्वाङ । बडिगाड गाउँपालिका वडा नं ३ सिसाखानी स्थित सिसाखानी माबिमा पुर्व शिक्षक सम्मान तथा नव आगन्तुक शिक्षक स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
बिद्यालयले आयोजना गरेको एक कार्यक्रममा लामो समय सम्म सोही बिद्यालयमा अध्यापन गराउनुभएका र हाल बैदेशिक रोजगारीको शिलशीलामा जापानमा कार्यरत शिक्षक दम्पती प्रेम घर्ति र दिलमाया घर्तिलाई सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा शिक्षक दम्पतीले बुबा सक बहादुर घर्तिको स्मृतीमा र आमा खिमकुमारी घर्तिको ८४ को जन्मोत्सको अवसरमा प्रेम घर्ति, दिलमाया घर्ति, माया घर्ति र लोकेन्द्र घर्तिको संयुक्त रुपमा बिद्यालयमा नगद रु ५ लाख बराबरको अक्षय कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ ।
साे अबसरमा बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष दिल बहादुर पुनले बिद्यालयमा सहयोग गर्नुभएकोमा बिद्यालयकै पुर्व शिक्षक दम्पतीलाई धन्यवाद ब्यक्त गर्दै उक्त अक्षय कोषको ब्याजबाट आएको रकम गरिव तथा जेहेन्दार बिद्यार्थीहरुको छात्राबृत्ति र बिद्यालयको शैशिक सामाग्री खरीदमा उपयोग गरिने बताउनुभयो ।
साथै उहाँले अरु खर्च कटायर बिद्यालयमा सहयोग गर्ने बानीले सकारात्मक सन्देश प्रवाह भएको पनि बताउनुभयो । कार्यक्रममा सिसाखानी माबिमा नव आगन्तुक ३ जना शिक्षकहरुलाई पनि बिद्यालयमा स्वागत गरिएको छ ।
कार्यक्रम बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष दिल बहादुर पुनको अध्यक्षता, शिक्षक अभिभाबक संघका अध्यक्ष फारम घर्तिको प्रमुख आतिथ्यता तथा शिक्षक लाल बहादुर श्रीसको सञ्चालनमा सम्पन्न भएको शिक्षक किशोर काउचाले जानकारी दिनुभएको छ ।
प्रतिकृया दिनुहोस