• २६ बैशाख २०८२, शुक्रबार
  • १९:०९:४८

Now: सारथी हालचाल

Next: सारथी क्वीज

बडिगाडका उत्कृष्ट ४० उद्यमीहरु छनोट तथा सम्मान गरियो

बडिगाड : गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय, बडिगाड गाउँपालिका र दायित्व संस्थाको त्रिपक्षिय सहकार्यमा मंगलवार बडिगाडमा बृद्धिमुखि उद्ध्यमशिलता तथा रोजगार प्रवर्धन कार्यक्रम मार्फत बडिगाडका कृषकहरु सम्मानीत भएका छन् । बृद्धिमुखि उधमशिलता र रोजगार प्रर्दद्दन कार्यक्रमम अन्तरगत बडिगाडका उत्कृष्ट ४० जना उधमीहरु छनोट गरि प्रमाणपत्र बितरण तथा सम्मान गरिएको हो । 

९१ आबेदनकर्ताहरुबाट छनोट गरि आएका उत्कृष्ट ४० जना उधमीहरुको नाम सार्बजनिक तथा प्रमाणपत्र बितरण बितरण गरिएको हो । प्राप्त ९१ आवेदनमध्ये, सोच र सीप, वित्त र लगानी अवस्था, नवप्रवर्तन, बृद्घिमुखी, उद्यमको वर्तमान अवस्था, व्यवसायिक योजना, बजारको अवस्था, नेतृत्व, सामुदायिक सक्रियता र प्रभावजस्ता मापदण्डका आधारमा ४० जना वृद्धिमुखी उद्यमीहरूलाई उत्कृष्टका रूपमा छनोट गरिएको छ। छनोट भएका ४० उद्यमीहरूमध्ये आगामी चरणमा उत्कृष्ट २० उद्यमीहरूमा स्तरीकरण गरिनेछ। 

यी उत्कृष्ट २० उद्यमीहरूलाई उद्यम नवप्रवर्तन शिविर मार्फत व्यवसायिक योजना सुदृढीकरण गरिनुका साथै उद्यम विकास पूरक साझेदारी प्रदान गरी बजार सम्बन्ध विस्तारमा सहयोग गरिनेछ। त्यसपछि उद्यमी र उद्यमको स्थलगत अनुगमन तथा मूल्याङ्कनबाट उत्कृष्ट १० उद्यमको छनोट गरिनेछ। उत्कृष्ट १० उद्यमलाई विशेष नेतृत्व विकास, परिष्कृत उद्यम योजना निर्माण तथा लगानी प्रस्तुतिकरण कार्यक्रममार्फत स्तरोन्नत गरिनेछ। 

यस्तै अन्यतमा १० जनाबाट छनोट गरेर १ जनालाई बडिगाडको उत्कृष्ट उद्यमी घोषणा गरिनेछ । उद्यमीहरूलाई बजारसँग जोड्दै पालिकाबाट प्रदेश र राष्ट्रिय स्तरसम्म पुग्न सहयोग गर्ने विशेष किसिमको अनुकूलित सहायताको माध्यमबाट आर्थिक वृद्धिको यात्रामा पनि सहयोग गरिनेछ । 

कार्यक्रम दायित्व संस्थाका गण्डकी प्रदेश संयोजक जुनतारा बुढा मगरको अध्यक्षता, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारको प्रमुख आतिथ्यता, आर आर टी संयोजक चन्दीराज पौडेलको स्वागत मन्वब्य रहेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भिमसेन बन, वडाका जनप्रतिनिधी सञ्चारकर्मीहरु लगायतको उपस्थिती रहेको कार्यक्रममको उद्यम अधिकृत लक्ष्मी बिकले सञ्चालन गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै