• २ कार्तिक २०८१, शुक्रबार
  • १२:०९:३५

Now: नेपाल खवर

Next: माई च्वाईस

बडिगाड खौलार जाँदै गरेको जिप इन्द्रेगौडामा दुर्घटना चालक सहित १४ जना घाईते

खर्वाङ । आज बिहान बुटवल बाट बागलुङ बडिगाड खौलार जाँदै गरेको जिप गुल्मीको मुसिकोट नगरपालिका ५ इन्द्रेगौडमा दुर्घटनामा परेको छ ।

लु १ ज ४४४८ नम्बरको फोर्स गाडी बिहान करिव ९ बजे मुसिकोट नगरपालिका ५ इन्द्रेगौडा र मालिका खोलाको बिचमा दुर्घटना हुदा चालक सहित १४ जना घाइते भएका वामी प्रहरी चौकिका इन्चार्ज लक्ष्मण विश्वकर्माले जानकारी दिए । 

घाईते मध्ये गम्भीर अबस्थामा रहेका दुई जनालाई थप उपचारको लागि पाल्पा रिफर गरिएको छ भने सामान्य घाइतेलाई प्राथमिक उपचारको लागि मजुवा स्वास्थ्य केन्द्र लगिएको उनले बताए । चालक निद्रामा रहेकोले दुर्घटनामा भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिकृया दिनुहोस