• २३ मङ्सिर २०८१, आइतबार
  • १२:२५:३७

Now: माई च्वाईस

Next: थाहा अपडेट

मुसिकाेट १ काे उपनिर्वाचन - मतदाताकाे एकै स्वर गाउँको विकास गर्नेलाई भोट

गुल्मी । मुसिकोट नगरपालिका–१ मा वडाध्यक्षको उपनिर्वाचन मङ्सिर १६ गते हुँदै छ । जसका लागि आठ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

दलहरूले आफ्नो पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरिरहदा मतदाता भने जनप्रतिनिधीले  गाउँको विकासभन्दा पनि राजनीति गर्ने र व्यक्तिगत स्वार्थमा लाग्ने गरेको गुनासो गरेका छन ।  

स्थानीय मतदाता ३६ वर्षीय मीना सुनारले अहिले राजनीतिक दलभन्दा पनि व्यक्तिलाई हेरेर मतदान गर्ने बताउनुभयो । वडाको विकास गर्ने योग्य उम्मेदवार छनोट गर्न नसक्दा समस्या आउने गरेको बताउँदै यस पटक गाउँको विकास गर्नेलाई भोट दिने उहाँको भनाइ छ । 

यस्तै स्थानीय ५८ वर्षीय बुद्ध घिमिरेले जसलाई भोट दिए पनि उस्तै त हो नि भन्दै राजनीतिप्रति आक्रोश व्यक्त गर्नुभयो । निर्वाचनको उत्साह नभए पनि गाउँको विकास र दलभन्दा माथि उठेर काम गर्नेलाई मतदान गर्ने उहाँले बताउनुभयो ।

उपनिवार्चनमा मुख्य तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले भने आफूले निर्वाचन जित्ने दाबी गर्दै आएका छन् । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै