नवप्रतिभा सहकारीले कार्य क्षेत्र विस्तार गर्ने, आठौं अधिवेशनबाट भुसालको नेतृत्वमा समिति गठन
खर्वाङ । बडिगाड गाँउपालिका २ खर्वाङमा रहेको नवप्रतिभा बचत तथा ऋण सहकारीले शेयर सदस्यको सहजताको लागि व्यवस्थित कार्यक्षेत्र विस्तार गर्ने भएको छ ।
खर्वाङमा सम्पन्न सहकारीको २८ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनका अवसरमा अध्यक्ष होमनाथ अर्यालबाट प्रस्तुत ०८०/८१ को प्रगति तथा ०८१/८२ को प्रस्तावित निति तथा कार्यक्रममा सो विषय समावेश गरिएको छ ।
प्रस्तावित कार्यक्रम अनुशार सहकारीले अब बडिगाड गाँउपालिकाको सकन्यार, न्वार, खौलार तथा गलकोट नगरपालिकाको रिघामा मासिक, पाक्षीक, साप्ताहिक र दैनिक बचत संकलन गर्ने छ ।
साधारण सभाको अबवसरमा बडिगाड गाँउपालिका उपाध्यक्ष भिमसेन वनले सहकारी संस्था सिस्टमभित्र रहेर चल्न सकेमात्रै सफल हुने बताएका छन । वनले सिस्टममा रहेर सहकारी र गरिवको विश्लेषण गर्नुप्रर्ने बताउदै समय र प्रविधिको माग अनुशार नियमनकारी निकायले पनि नियमनमा प्रविधि जोड्नुप्रर्ने धारण राखे ।
सभामा कुल २१ करोड १७ लाख ४१ हजार ३३१ रुपैया ३१ पैसा बराबरको आर्थिक प्रतिवेदन कोषाध्यक्ष खगिश्वर अर्यालले र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक नरीश्वर खरालले प्रस्तुत गरेका थिए ।
२७ वर्ष अघि २०५४ सालमा स्थापना भएको सहकारीमा २० संस्था सहित १ हजार ६१५ शेयर सदस्य रहेका छन । सहकारीको आर्थिक वर्ष ०८०/८१ को वित्तिय स्थिति अनुशार २ करोड ७४ लाख १ हजार ४०० कुल चुक्ता शेयर पुँजी, १४ करोड ५५ लाख ४२ हजार ६२१ कुल बचत र १२ करोड ७७ लाख ११ हजार ७८६ कुल ऋण लगानी रहेको छ ।
सहकारीको साधारण सभामा उपाध्यक्ष विष्णु प्रसाद भुसालको स्वागत, सचिव दुर्गाद्धत अर्यालको संचालन तथा अध्यक्ष होमनाथ अर्यालको अध्यक्षता रहेको थियो ।
यसैविच नवप्रतिभा बचत तथा ऋण सहकारी संस्थाको आठौं अधिवेशनले बिष्णु प्रसाद भुसालको नेतृत्वमा १५ सदस्य संचालक समितिको गठन गरेको छ । समितिको उपाध्यक्षमा खगिश्वर अर्याल, सचिवमा भिमलाल पोखरेल, सह–सचिवमा होमनाथ खराल, कोषाध्यक्षमा डिप्लोमा खरेल लगाएत रहेका छन ।
यस्तै अधिवेशनले नरिश्वर खरालको संयोजकमा ३ सदस्यलेखा समिति समेत चयन गरेको छ । जसको सदस्यमा शिवलाल पोखरेल र मोहलाल पौडेल रहेका छन ।
प्रतिकृया दिनुहोस