उपनिर्वाचन अपडेट– गुल्मीको मुसिकोट १ मा ५४ प्रतिशत मत खस्यो
अरेवा । मुसिकोट नगरपालिका वडानम्बर–१ को वडाअध्यक्ष पदका लागि आधा भन्दा बढि मत खसेको छ । दिउसो तिन बजे सम्म ३ वटा मतदान स्थलमा ५४.३३५ प्रतिशत मत खसेको खसेको हो ।
मुख्य निर्वाचनको कार्यालयका सहायक निर्वाचन अधिकृत ऋषिराम घिमिरेका अनुशार अहिले सम्म दुई हजार २२३ मत खसेको छ । घिमिरेका अनुशार सरस्वती माबि केन्द्रमा ७०५, नेपाल राष्ट्रिय सर्बाेदय माबि केन्द्रमा एक हजार ९५ र जनज्योती माबि केन्द्रमा ४२३ मत खसेको हो ।
४ हजार ५१ जना मतदाता रहेको वडामा वडाअध्यक्ष पदका लागि ५ जना राजनीतिक दलबाट र ३ जना स्वतन्त्र गरी जम्मा ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन । अहिले सबै मतदान केन्द्रमा मतदाताको संख्या कम हुँदै गएको छ ।
बिहान ७ बजेदेखि तोकिएकै समयमा मतदान सुरु भएको वडाध्यक्षको लागि नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा माओवादी केन्द्रबाट दुर्गाबहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इश्वरी खाती क्षेत्री उम्मेदवार छन् । यसैगरी स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल र कुलबहादुर थापा उम्मेदवार रहेको सहायक निर्वाचन अधिकृत घिमिरेले बताए ।
त्यस वडामा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन गरिएको हो । मतदान सकेलगत्तै मतगणना पनि वडामै हुने घिमिरेले बताए । त्यसका लागि मतगणनास्थल तयार गरिसकिएको छ ।
प्रतिकृया दिनुहोस