• ११ पौष २०८१, बिहीबार
  • १५:५५:३१

Now: लोकछहारी

Next: थाहा अपडेट

उपचुनाव अपडेट - गुल्मीको मुसिकोट १ मा साढे ८ बजेबाट मतगणना हुने

फाेटाे - टाेपलाल अर्याल

अरेवा । वडाध्यक्ष पदको लागि मुसिकोट नगरपालिका वडानम्बर–१ मा भएको उपनिर्वानको मतगणना आजै राति साढे ८ बजेपछि गरिने भएको छ । केहि समय अघि सम्पन्न सर्वदलिय बैठकले तिनवटै मतदान केन्द्रको छुट्टा छ्ट्टै मतगणना गर्ने निणर्य गरेको हो ।

चार हजार ९१ मतदाता रहेको वडामा वडाअध्यक्ष पदका लागि भएको मतदान समयभित्र ५७.०५ प्रतिशत अर्थात दुई हजार ३३४ मत खसेको छ ।

नेपाल राष्ट्रिय सर्वोदय माविको दुई मतदान केन्द्रमा एक हजार १७२ मत, सरस्वती माबी मतदानस्थलको दुई मतदान केन्द्रमा सात सय ३० मत र जनज्योति मावि मतदान केन्द्रमा चार सय ३२ मत खसेको सहायक निर्वाचन अधिकृत ऋषिराम घिमिरे बताए ।

वडाअध्यक्ष पदका लागि ५ जना राजनीतिक दलबाट र ३ जना स्वतन्त्र गरी जम्मा ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन ।

वडाध्यक्षको लागि नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा माओवादी केन्द्रबाट दुर्गाबहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इश्वरी खाती क्षेत्री उम्मेदवार छन् । यसैगरी स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल र कुलबहादुर थापा उम्मेदवार रहेको सहायक निर्वाचन अधिकृत घिमिरेले बताए ।

त्यस वडामा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन गरिएको हो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै