• ११ पौष २०८१, बिहीबार
  • १५:४८:३२

Now: लोकछहारी

Next: थाहा अपडेट

लैंगिक हिंसा न्यूनिकरणका लागि ओसिएमसि र सेवा केन्द्रको बडिगाड र निसीमा अभिमुखिकरण

बागलुङ । हिंसा प्रभावितहरुको सेवा केन्द्र, बागलुङ नगरपालिका तथा अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धी एकद्धार संकट ब्यवस्थापन केन्द्र, (ओसिएमसि ) धौलागिरी अस्पतालले हिंसा प्रभाबितहरुलाई दिने सेवा सुविधाबारे जानकारी दिने उद्धेश्यले पालिका स्तरमा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ ।

बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी तथा निसीखोला गाऊपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले हिंसा न्यूनिकरण अभियानमा सेवा केन्द्रलाई थप श्रोत साधन उपलब्ध गराइ संचालन गर्न सहकार्य गरिने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमले अन्तरपालिका समन्वय गरी हिंसा प्रभाबितहरुलाई सेवा उपलब्ध गराउन समन्वय समितिले पहल गरेको बताउनुभयो ।

बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकामा आयोजित कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख एवं सेवा केन्द्र ब्यवस्थापन समिति संयोजक राजु खड्काले सेवा केन्द्र र ओसिएमसिको कामबारे पालिकाहरुमा सरोकारवालाहरुलाई जानकारी दिने तथा सेवाको गुणस्तर वृद्धिका लागि अन्तरपालिका समन्वय गरी दीगो र प्रभावकारी सेवाको योजना बनाउन जरुरी रहेको बताउनुभयो ।

हिंसा प्रभाबितलाई न्याय दिने कार्यमा जिल्लाका सबै पालिका एक ठाऊमा आउन जरुरी देखेर सेवा केन्द्रको कामलाई विस्तार गरी वडा तहदेखि समुदायसम्म पुग्नु पर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वन र निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम बहादुर घर्ति मगरले लैंगिक हिंसा न्यूनिरणका लागि पालिकामा थप नीति तथा कार्यक्रम संचालन गरि सबैको समन्वयमा संचालन गरिने बताउनुभयो ।

सो अवसरमा धौलागिरी अस्पतालका डा. सन्दिप के सी, ओसिएमसि फोकलपर्सन देवी भट्रराई, सेवा केन्द्र प्रमुख रचना आचार्यले ओसिएमसि र सेवा केन्द्रले प्रभाबितहरुलाई दिई रहेको सेवा सुबिधाबारे जानकारी गराउनु भयाे । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै