• ३० फाल्गुण २०८१, शुक्रबार
  • १७:३३:५२

Now: बदलिँदो नेपाल

Next: नेपाल खवर

रिघामा मनाइयाे अन्तर्राष्ट्रिय महिला दिवस

रिघा । आज मार्च ८, २०२५, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गलकोट नगरपालिका–११, रिघाको राङखानी चौरमा विशेष कार्यक्रम आयोजना गरियाे । कार्यक्रमको सुरुवात महिला सशक्तिकरणको सन्देश प्रवाह गर्ने नाराजुलुसबाट गरिएको थियो, जसमा स्थानीय महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

रिघा महिला समन्वय समिति अध्यक्ष गंगा श्रीसले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो । प्रमुख अतिथि वडा अध्यक्ष डम्बर श्रीस रहनु भएको थियो भने विशिष्ट अतिथिहरूमा कार्यपालिका सदस्य तारा कुमारी नेपाली, रत्नलक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक तुल वहादुर श्रीस र रिघा स्वास्थ्य चौकीका इन्चारर्ज लक्ष्मी श्रीस सहभागी हुनु भएको थियो ।

साे अबसरमा वडाध्क्ष डम्बर बहादुर श्रीसले महिला सशक्तिकरण, समानता र अधिकारका विषयमा आफ्नो मन्तव्य राख्दै महिलाहरूको भूमिका समाज विकासका लागि अपरिहार्य रहेको उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा रिघा स्वास्थ्य चौकीकी इनचार्ज लक्ष्मी श्रीसले अन्तर्राष्ट्रिय महिला दिवसको सुरुवात, यसको महत्व तथा महिलाले भोग्दै आएका विभिन्न चुनौतीहरूबारे प्रकाश पार्नुभएको थियो । साथै, इशु पुन भुझेल र सपना बिश्वकर्माद्वारा मन छुने कविता वाचन गरिएको थियो, जसले कार्यक्रममा थप रौनकता ल्याएको थियो ।

रिघा महिला समन्वय समिति अध्यक्ष गंगा श्रीसले कार्यक्रमको समापन गर्दै, गत वर्ष महिला दिवस नगरपालिकास्तरमा मनाइएको तर यस वर्ष वडास्तरमै कार्यक्रम आयोजना गरिएको बताउँदै, स्थानीय स्तरमै यस्तो कार्यक्रमले महिलाहरूलाई थप सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

तनु पुनको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा महिला दिवसको उपलक्ष्यमा विशेष नृत्य प्रस्तुति समेत प्रस्तुत गरिएको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै