• ३० फाल्गुण २०८१, शुक्रबार
  • १८:३६:०३

Now: सालौजो र रोइला भाका

Next: सारथी हालचाल

खर्बाड प्रहरी चौकीको नयाँ भवन निर्माण लागि जग्गा ब्याबस्थापन समिति गठन

खर्वाङ : खर्वाङ प्रहरी चौकीको जग्गा ब्याबस्थापनको लागि बडिगाड वडा नं. २ को वडा कार्यलय  र प्रहरी चौकी खर्वाङको संयुक्त आयोजनामा आज (बुधवार) भेला सम्पन्न भएको छ । खर्वाङ प्रहरी चौकीको लागि सुबिधा सम्पन्न नयाँ भवन निर्माण गर्नको लागि ५ रोपनी ३ आना जग्गा चाहिने हुदा उक्त भेला गरिएको वडाअध्यक्ष ढाल प्रसाद शेरचनले बताउनुभएको छ । सोहि अवसरमा खर्वाङ प्रहरी चौकीको लागि उचित जग्गा ब्याबस्थापनको लागि जग्गा ब्याबस्थापन समिति पनि गठन गरिएको छ ।

कृष्ण प्रसाद खरेल संयोजक रहेको ४ सदस्य जग्गा ब्याबस्थापन समितिको सदस्यहरुमा बिष्णु प्रसाद भुषाल, अग्निधर अर्याल, दिन बहादुर केसी र खगिश्वर अर्याल रहनुभएको छ । 
वडाअध्यक्ष ढाल प्रसाद शेरचनको अध्यक्षता रहेको सो भेलामा भुमि आयोग बागलुङको तर्फबाट सुनिल शेरचन, पुर्व जिसस उपप्रमुख बिष्णु प्रसाद भुषाल, प्रहरी चौकी खर्वाङका प्रमुख नारायण रानाभाट लगायत स्थानीय तथा सञ्चाकरकर्मीहरु उपस्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै