लोकतान्त्रिक आदिवासी जनजाति महासंघ बडिगाडको प्रथम अधिवेशन सम्पन्न, लेखक पुनको अध्यक्षता १५ सदस्सीय कमिटी गठन

बडिगाड: लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल बडिगाडको पालिका स्तरीय प्रथम अधिबेशन खर्वाङमा सम्पन्न भएको छ । सम्पन्न उक्त अधिवेशनमा लेखक पुनको अध्यक्षतामा १५ सदस्यीय पालिका कमिटी गठन गरिएको छ । जस्को उपाध्यक्षमा निर्मला थापा, सचिबमा मनुन्द्रा भुजेल, सह सचिबमा मना राना, कोषाध्यक्षमा रुनमाया छन्त्याल, सदस्यहरुमा जंग बहादुर बलामी, रुद्र बहादुर थापा, बिनिता पुन, मुमा काउचा लगायत रहनुभएको छ ।
रेम बहादुर भुजेलको अध्यक्षता रहेको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल बडिगाडको पालिका स्तरीय प्रथम अधिबेशनमा नेकपा एमाले प्रदेश सचिवालय सदस्य एवं लोकतान्त्रीक आदिवासी जनजाति महासंघ केन्द्रिय सदस्य लिला राना मगर, नेकपा एमाले प्रदेश सचिवालय सदस्य एंव भुमी आयोग बागलुङका अध्यक्ष सुनिल शेरचन, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष बिष्णु भुषाल, नेकपा एमाले जिल्ला कमिटी सदस्य खडक पुन, जिल्ला कमिटी सदस्य हितमान शेरचन लगायको उपस्थिती रहेको कार्यक्रममको सञ्चालन जिल्ला कमिटी सदस्य ढाल प्रसाद शेरचनले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस