बडिगाडको टुनिबोटमा पिकअप दुर्घटना ५ जना घाईते
खर्वाङ । बडिगाड गाउँपालिका ७ टुनिबोटमा आज दिउसाे पिकअप जिप दुर्घटना हुदाँ ५ जना घाईते भएका छन । पालिकाको रणसिंहकिटेनीबाट वडा नं. ७ को कार्यालय तर्फ जाँदै गरेको प्रदेश ३–०१–०२२ च ८८८५ नम्बरको शिखर हाईड्रोपावरको जिप दुर्घटनामा परेको वडाध्यक्ष दिपेन्द्र प्रताप केसीले जानकारी दिए । पिकअप जिप दुर्घटनाका एक जना घाईते बाहेक सबैको अवस्था मध्यम छ ।
दुर्घटनामा पिकअप चालक स्याङ्जाको गल्याङ नगरपालिका–८ का ३० वर्षीय हिमाल श्रेष्ठ, दोलखाको दोलखा नगरपालिका–६ का ३५ वर्षीय रमेश कुमार जिरेल, बागलुङको बडिगाड गाउँपालिका–७ का एक वर्षीय आरुष पाईजा, सोही ठाउँका २० वर्षिय अमृत पाईजा र २० वर्षीय सन्दिप गुरुङ घाइते भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले पुष्टि गरे ।
घाईतेहरुको सबैको अहिले बुर्तिबाङ अस्पतालमा उपचार भईरहेको छ । उनका अनुशार २० वर्षिय अमृत पाईजाको अबस्था समान्य छ भने अन्यको अवस्था मध्यम छ । दुर्घटनामा घाईते श्रेष्ठ र जिरेल हाईड्रोपावरका कर्मचारी हुन ।
जिप सडकबाट अन्दाजी करिब १५० मिटर तल भिमगिठे खाेलामा खसेको थियो । दुर्घटनाको थप अनुशसन्धान भईरहेको प्रहरीले बताएको छ ।


अनिष पाठक
प्रतिकृया दिनुहोस