• २० बैशाख २०८१, बिहीबार
  • ०९:२०:१३

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

सुजन कोइरालाले पाए उत्कृष्ट भिडियो सम्पादनको अवार्ड

बागलुङ: सुजन कोइराला जो आफ्नो अभियनबाट आम दर्शक श्रोतामाझ चर्चित नाम नै हो । उनले अभिनय गरेका कतिपय गीतहरुले राम्रो चर्चा पाईरहेका छन भने यु ट्युवमा पनि धेरै दर्शकहरुले मन पराएका छन ।

तर पछिल्लो समय उनी म्युजिक भिडियोमा अभिनय भन्दा पनि म्युजिक भिडियो सम्पादनमा निकै ब्यस्त देखिन्छन् । उनले छोटो समयमै धेरै गीतको भिडियो सम्पादन गरेका छन भने उनका कामलाई अग्रज सर्जकहरुले मन पनि पराएका छन् ।

सोही अनुरुप भर्खर सम्पन्न जय राप्ती म्युजिक अवार्डमा उनले शिरिरी गीतबाट उत्कृष्ट सम्पादन सहित अवार्ड जितेका छन । म्युजिक भिडियो सम्पादनमा लागेको छोटो समयमै अवार्ड हात पार्दा खुशी लागेको प्रतिकृया दिए । उनले सम्पादन गरेको भिडियो हेरौं:

https://youtu.be/xXf6vbkWhpA

 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै