• २० बैशाख २०८१, बिहीबार
  • १२:१९:४०

Now: माई च्वाईस

Next: थाहा अपडेट

कपिल आर के मगरकाे स्वरमा 'गैरी खेतमा धान छ'

बागलुङ । विगत लामो समय देखि गितसंगितको क्षेत्रमा लागेका बडिगाड ४ जलजलाका युवा गायक कपिल आर के मगरकाे स्वरमा गैरी खेतमा धान छ बोलको गित सार्वजनिक भएकाे छ । 

गितमा कपिल आर के मगर र सर्मिला राईको आवाज तथा  दिपक पर्जा र घमन रानाको शब्द तथा घमन रानाकै लय रहेकाे छ । गितकाे एरेन्ज पिन गायक मगरले नै गरेका हुन ।

राम केसीले छायाँकन गरेकाे म्यूजिक भिडियोमा विजय पुन,सुहाना भट्टराई र कल्पना नेपाली अभिनय रहेको छ । उक्त गीतकाे निर्देशन तथा कोरियोग्राफि भने प्रविन थापाले गरेका हुन । 

सार्वजनिक गीत Yatra Official यात्रा आधिकारिक यूट्युब च्यानलमा हेर्न सकिन्छ । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै