• २० बैशाख २०८१, बिहीबार
  • ०९:५३:०३

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

किरण मगरको कति रमाइलो" बोलको गित सार्वजनिक

मोडल तथा सर्जक किरण मगरको "कति रमाइलो" बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मगर रुकुममा जन्मिएका हुन । हाल उनी वैदेशिक रोजगारीका सिलसिलामा अमेरिकामा छन । उनको एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भैरहेका छन।  गित संगितमा सानै देखि रुचि भएका उनी बिदेशमा रहेर पनि नेपाली गित संगित क्षेत्रमा  उत्तिकै क्रियाशिल छन ।

सार्वजनिक म्युजिक भिडियो "कति रमाइलो" द प्राण डिजिटल अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो। गितमा स्वयंम किरण मगरको शब्द सिर्जना, निर्मल केसिको लय सिर्जना रहेको छ । भने गितमा जानुका तामाङ र निर्मल केसिले स्वर दिएका छन ।

 त्यस्तै गितको म्युजिक भिडियोमा बिजय पुन , रितु तामाङ र रमेश मगर (बैकुन्ठे) को उत्कृष्ट अभिनय रहेको छ। राजकुमार मगरको निर्देशन रहेको सो गितको छायांकन पाटोमा अजय रेग्मी र कोरियोग्राफी बिजय बुढा मगरको रहेको छ।

किरण सोही गितबाट आसावादी छन। गितमा रुकुम र  नुवाकोटका केही धार्मिक तथा पर्यटन स्थलहरुलाई समेटिएको छ। जस्मा प्रेम भाव पनि झल्किएको छ। भने म्युजिक भिडियोको सम्पुर्ण छायांकन नुवाकोटमा गरिएको हो ।

सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियासिल रहने किरणको यश भन्दा अगाडि सार्वजनिक भएको लोक दोहोरी गित ढांट्यो जिन्दगीले पनि अपार सफलता पाएको थियो। त्यस्तै किरणका केही वर्ष अगाडि  बजारमा आएका झुपडी , गए हतारमा , चोखो माया, कलेजी, पागल बनिदिन्छु, लगायतका थुप्रै गितहरु आज पनि उत्तिकै  लोकप्रिय छन ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै