• २१ बैशाख २०८१, शुक्रबार
  • ००:०९:२०

Now:

Next: शुभारम्भ धुन

शिक्षा क्षेत्रमा परिणाम देखिने गरि काम गर्न महासंघको साथ आवश्यक छ - खरेल

वामीटक्सार । मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवलाल खरेलले आगामि वर्ष शिक्षा क्षेत्रमा परिणाम देखिने गरि काम गर्न नेपाल शिक्षक महासंघको साथ आवश्यक रहने बताउनुभएको छ ।

आज नेपाल शिक्षक महासंघ मुसिकोट नगर कार्य समितिले आयोजना गरेको निरन्तर विद्यार्र्थी मूल्याङ्कन तालिममा खरेलले अबको समय बजेट निमार्णको भएको बताउदै बौद्धिक क्षेत्रबाट पालिकाले रचनात्क सुझावको अपेक्षा गरेको समेत बताउनुभयो । 

महेन्द्र आर्दश नमुना माध्यमिक विद्यालयका साहायक प्रध्यानाध्यापक धनपति खरेल र सोहि विद्यालयका शिक्षक विक्रम कार्किले प्रशिक्षण दिएको तालिममा शिक्षक महासंघका नगर उपाध्यक्ष चिन्तामणि चालिसे तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष बाबुराम घिमिरेले शैक्षिक क्षेत्रमा राजनितिकरण हुुन नुहने तर्क राख्नुभएको थियो ।

गत आईतबार महासंघको बैठकले गरेको निर्णय अनुशार पालिकाभरका ६४ जना शिक्षकलाई तालिममा सहभागि गराईएको नेपाल शिक्षक महासंघ मुसिकोटका सहसचिव विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । 

पछिल्लो समय विद्यालयको आधारभूत तह कक्षा १–३ मा निरन्तर विद्यार्थी मूल्याङ्कन मार्फत विद्यार्थीको मूल्याङ्कन गर्ने पद्दति लागु भएपनि कार्यान्यन पक्ष कमजोर भएको गुनासो र प्रयोगमा व्यवहारिक कठिनाइ देखिएपछि तालिमको आयोजना गरिएको समितिका अध्यक्ष देवीराम शर्माले जानकारी दिनुभयो ।

नेपाल शिक्षक महासङ्घ मुसिकोटका सहसचिव विष्णु प्रसाद आचार्यले वर्षभरि गरेका काम सहितको प्रतिवेद समेत प्रस्तुत गरिएको तालिममा सह अध्यक्ष श्रीराम पोखरेलको स्वगत, अध्यक्ष देविराम शर्माको अध्यक्षता तथा सचिव बुद्धिमणि खरेलको संचालन रहेको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै