• २२ बैशाख २०८१, शनिबार
  • ०३:३७:४३

Now:

Next: शुभारम्भ धुन

बडिगाडमा स्वास्थ्यका पूर्वाधार अब्बल बनाउदै पालिका

खर्वाङ । स्थानिय सरकार गठन भएपछि स्वास्थय क्षेत्रलाई प्राथमिक्तामा राखेर काम गरेको बडिगाड गाँउपालिकाले स्वास्थय संस्थाका भवन निमार्णलाई तिव्रता दिएको छ ।

बडिगाड गाँउपालिकामा एक आँखा उपचार केन्द्र सहित १७ वटा स्वास्थ्य सेवाका भवन छन । पालिकामा उपचार केन्द्र सहित एक १५ शौयाको अस्पताल, सात स्वास्थय चौकी, तिन आधारभुत स्वास्थ्य सेवा केन्द्र र पाँच सामुदायिक स्वास्थ्य ईकाइ छन । 

बडिगाडमा अहिले दुई स्वास्थ्य चौकीको भवन निमार्णको काम चलिरहेको छन भने दुई स्वास्थ्य चौकीले पुरानौ भवनबाट सेवा दिईरहदाँ अन्य स्वास्थय संस्थाले भने मापदण्ड सहितको आफ्नै भवनबाट सेवा प्रदान गरेका छन ।

गाँउपालिका अन्तर्गत वडा नं. ३ को सिसाखानी स्वास्थय चौकी र वडा नं. ९ को दर्लिङ स्वास्थ्य चौकीको भवन निमार्णधिन अबस्थामा रहेको बताउदै पालिकाका जनस्वास्थय निरिक्षक हेम पुनले वडा नं. ७ को भिमगिठे स्वास्थय चौकी र वडा नं. ८ को रणसिंहकिटेनी स्वास्थय चौकीले भने पुरानौ भवनबाट सेवा दिईरहेको बताए ।

संघिय सरकारले भवन निमार्णको लागि गत वर्ष बजेट विनियोजन नगरेको कारण भवन निमार्णमा समस्या भएको भन्दै बडिगाड गाँउपालिकाका उपाध्यक्ष भिमसेन वनले यस वर्ष पनि भवन निमार्णको लागि मन्त्रालय र संम्बन्धित सरोकारका पक्षसंग पालिकाले ताकेता गरिरहेको जानकारी दिए ।

यस्तै बडिगाड गाँउपालिकामा निमार्णधिन अबस्थामा रहेको १५ शैयाको अस्पतालको ९० प्रतिशत काम सकिएको छ । आगामि असार मसान्त सम्म निमार्ण सम्पन्न गर्नेगरि सम्झौता भएको अस्पताल भवनको अब भित्रिभागमा विद्युत र टायलिङ र केहि फिनिसिङ्को काम मात्र बाँकि रहेको पालिकाका ईन्जिनियर दिनबन्धु शाहाले बताए ।

अस्पताल निमार्णको काम समय अगाडि नै सक्नेगरि निमार्ण कम्पिनीले काम गरिरहेको भन्दै पालिका उपाध्यक्ष वनले अस्पताल पुर्ण रुपमा संचालनको लागि भने चुनौति रहेको सुनाए । 

यसैविच गत सोमबार बडिगाड गाँउपालिका २ खर्वाङको आधारभुत स्वास्थय सेवा केन्द्रले आफ्नै भवनबाट सेवा शुरु गरेसंगै पालिकाका दुई बाहेक सबै स्वास्थय संस्थाले आफ्नै भवनबाट सेवा दिन थालेका छन । ३ रोपनी १ आनामा सेवा केन्द्रले ६१ लाखको लागतमा आफ्नै भवन बनाएको हो । 

४५ लाख लागतमा भवन र १६ लाख लागतमा कम्पाउन्ड जालि लगातएतका पुर्वाधार निमार्ण सम्पन्न भएपछि सेवा केन्द्रले आफ्नै भवनबाट सेवा शुरु गरेको वडाध्यक्ष ढाल प्रसाद शेरचनले जानकारी दिए । यस अघि खर्वाङमा रहेको जिल्ला समन्वय समितिको भवनबाट सेवा दिईरहेको केन्द्रको भवन निमार्णका लागि भने स्थानिय धनश्याम खराल र नरिश्वर खारालले निशुल्क जग्गा उपलब्ध गराका हुन ।

बडिगाड गाँउपालिकाको खर्वाङ, जलजला, ग्वालिचौर, भिमगिठे र दर्लिङमा ल्याव सहितको स्वास्थ्य सेवा तथा पालिकाका दशवटै वडामा बर्थिङ सेन्टर सहितको स्वाथ्य सेवा संचालनमा रहेको छ । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै