• २१ बैशाख २०८१, शुक्रबार
  • २१:४८:३९

Now: श्रुति संवेग

Next: खुलदुली डटकम

बडिगाड खोलाले बगाउदा खिमाको ज्यान गयो 

खर्वाङ । बडिगाड खोला तर्नेक्रममा खोलाले बगाउदा एक जनाको ज्यान गएको छ ।

बागलुङको बडिगाड गाँउपालिका २ कि खिमा कामिको आज बडिगाड खोलाले बगाउदा ज्यान गएको हो । विहान खोलामा गएकि ७७ बर्षिया खिमालाई बडिगाड खोलाले बगाएर सात सय मिटर तल घोप्टे रहमा पु¥याएको थियो ।

खिमालाई बडिगाड खोला तर्नेक्रममा चिप्लिएपछि खोलाले बगाएको ईलाका प्रहरी चौकी हरिचौरका प्रहरी निरिक्षक थम्मनसिंह रानाले जानकारी दिएका छन ।

खिमाको शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ लगिएको समेत रानाले जानकारी दिए । साथै उनले प्रहरीले घटनाकाे थप अनुशन्धान गरिरहेकाे समेत बताए ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै