• २१ बैशाख २०८१, शुक्रबार
  • २३:०३:५१

Now:

Next:

निर्धन उत्थान खर्वाङ शाखाले ग¥यो छात्रवृत्ति बितरण

खर्वाङ । निर्धन उत्थान लघुबित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय खर्वाङले डा.हरिहरदेव पन्त स्मृति छात्रबृत्ति बापतको रकम वितरण गरेको छ ।

संस्थाको समुहमा आवद्ध बडिगाड गाउंपालिका २ खर्वाङका तुल्सी पौडेलका छोरा सन्दिप पौडेललाई उक्त छात्रबृति बापतको दश हजार रकम वितरण गरिएको संस्थाका प्रबन्धक नबिन गरुङ जानकारी दिए ।

निर्धनको शाखा कार्यालय खर्वाङमा एक कार्यक्रमका बिच नगद र प्रमाणपत्र सहित पौडेललाई सम्मान गरिएको थियो । छात्र तर्फ २०८० सालको उच्च माध्यामिक तहको परीक्षामा खर्वाङ शाखामा आवद्ध सदस्यका छोराहरुमध्ये उत्कृष्ट अंक प्राप्त गरेका पौडेललाई उक्त रकम र प्रमाण पत्र सहि सम्मान गरेको गुरुङले बताए ।

संस्थाले प्रत्येक बर्ष ७७ जिल्लाकाकै शाखा कार्यालय मार्फत छात्रबृत्ति प्रदान गर्दै आएको बताउदै उनले संस्थाको समुहमा आवद्ध रही कर्जाकारोबार गर्दै आएका सदस्य तथा सदस्यका श्रीमान, छोरा, छोरी लाई सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न सहयोग र उद्यमशिलताका कार्यक्रम समेत प्रदान गर्दै आएको बताए ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै