• २२ बैशाख २०८१, शनिबार
  • ०१:२२:२३

Now:

Next: शुभारम्भ धुन

विश्वविद्यालयमा गल्ती गर्नेलाई कार्वाही गर्नुप्रर्छ – कंडेल

रुद्रवाती बहुमुखी क्याम्पसको शैक्षिक क्यालेन्डर विमोजन

वामीटक्सार । त्रिभुवन विश्वविद्यालयका साहायक डीन प्रध्यापक डाक्टर शोभाखर कंडेलले विश्वविद्यालयमा कोहि कसैलाई पनि गल्ती गर्ने छुट नभएको बताएका छन ।

आज वामीटक्सारको रुद्रावती बहुमुखी क्याम्पसको अनुगमनमा आएका उनले मानविय गल्तीकै कारण विश्वविद्यालय समय समयमा विवादमा आउने गरेको भन्दै गल्ती गर्नेलाई सजायको व्यवस्था हुनुप्रर्ने धारणा राखेका हुन ।

त्रिभुवन विश्वविद्यालय मातहतमा देशभर चौध सय क्याम्पस रहेको भन्दै कंडेलले नयाँ क्याम्पसलाई स्वीकृती दिने भन्दा भएकालाई व्यवस्थित गर्दै शुचक पुरा गर्ने क्याम्पसलाई क्युएएमा लैजानुप्रर्ने समेत बताए । उनले विश्वविद्यालयमा हुने राजनितिक चलखेलले समेत प्रभाव पार्ने गरेको बतउदै विश्वविद्यालय अहिले शैक्षिक क्यालेन्डर निमार्ण गर्ने काममा लागेको समेत बताए ।

यसैविच आजै भएको रुद्रवाती बहुमुखी क्याम्पसको शैक्षिक क्यालेन्डर विमोजन कार्यक्रममा रुद्रावतीले क्युएएमा जन आवश्यक रहेका केहि सुचक पुरा गरेको र केहि सुधार गरे क्युएएमा जान सक्ने त्रिभुवन विश्वविद्यालयका साहायक डीन प्रध्यापक डाक्टर शोभाखर कंडेलले बताएका छन ।

कंडेलले क्याम्पसले गर्नुप्रर्ने केहि सुधार सहितका शुझाव दिएको बताउदै अब सिपयुक्त जनशक्ती तयार गर्न प्रध्यापक र विद्यार्थी बिच कक्षामा हुने सिकाई किर्याकलापमा सुधार गर्न आवश्यक रहेको बताए ।

सो अबसरमा मुसिकोट नगरपालिकाका नगर उपप्रमुख गंगा क्षेष्ठले ग्रामिण क्षेत्रका अधिकांश विपन्न परिवारले अध्ययन गर्ने रुद्रावती क्याम्पसको लागि पालिकाले समेत निरन्तर सहयोग गर्दै आएको बताएकि छिन् । उनले नगरपालिकाले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण सहित भौतिक तथा शैक्षिक गुणस्तरकालागि विभिन्न काम गरिरहेका जानकारी गराईन् ।

शैक्षिक क्यालेन्डर विमोचन कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनिएनका अध्यक्ष अनिष पाठक, निमित्त क्याम्पस प्रमुख दुर्गा प्रसाद सापकोटा, पुर्व संचालक समिति अध्यक्ष अग्निधर लोहनी, बडिगाड गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्ति पौडेलले त्रिभुवन विश्वविद्यालयले विभिन्न समयमा गर्ने गल्तीले विद्यार्थीको भविष्य समेत अन्यौलमा परेको बताउदै सुधारका लागि कार्यक्रममा सहभागि कंडेल मार्फत विश्वविद्यालयकालाई सुझाव दिएका थिए । 

क्याम्पस संचालक समितिका उपाध्यक्ष तेजेन्द्र जिसिको स्वागत बाट शुरु भएको क्यालेन्डर विमोचनको कार्यक्रम समिति अध्यक्ष भुवन केसीको अध्यक्षता तथा प्रध्यापक महेश्वर घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै