• २२ बैशाख २०८१, शनिबार
  • ०२:५४:४६

Now:

Next: शुभारम्भ धुन

बडिगाडमा आगलागीबाट थापाको घर गोठ पुर्ण रुपमा जल्यो

फाइल फाेटाे

खर्वाङ । बडिगाड गाउँपालिकाको मसिनधारामा आगलागीबाट एक घर गोठ जलेर पुर्ण रुपमा नष्ट भएको छ । गत बैशाख २ गते घ्वाङ धाडको वनबाट शुरु भएको आगो आज पालिकाको वडा नं. वडा नं ६ मसिनधारामा धन बहादुर थापाको घरमा पुगेर साे क्षति गरेकाे हाे । 

आगलागीबाट थापाको घर गोठ जल्दा १ राँगा, ९ बाख्रा, ६ कुखुरा सहित नगद तिन लाख र घर गोठ पुर्ण रुपमा जलेर नस्ट भएको वडा सदस्य मिन बहादुर थापाले जानकारी दिए । 

आगलागीबाट घर गोठ पुर्ण रुपमा नष्ट भएपनि अहिले थापा सहित श्रीमति, दुई छोरा बुहारी र नातिनि सहितको परिवार सो क्षेत्र नजिकै अस्थाई पालको छाप्रोमा बसेको समेत थापाले बताए । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै