• २३ भदौ २०८१, आइतबार
  • ०६:४३:५९

Now: राष्ट्र र सँगीत

Next: सारथी हालचाल

सिसाखानीकाे देउराली जंगलमा बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद

खर्वाङ । प्रहरीले बागलुङको बडिगाड गाउँपालिकाबाट एकनाले भरुवा बन्दुक बरामद गरेको छ ।

प्रहरी चौकी खर्वाङबाट खटिएको प्रहरी टोलीले सोमबार बडिगाड ३ ताराङ्जा देउरालीको जंगलमा बेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय यादवले जानकारी दिए ।

खर्वाङ चौकीबाट प्रहरी सहायकनिरीक्षक मन बहादुर क्षेत्री नेतृत्वको टोलीले साबुत २, बेसाबुत ३ गरी जम्मा ५ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको थियो ।

जंगलमा बन्दुक कस्ले र किन राख्यो भन्ने विषयमा अनुसन्धानको लागि प्रहरी निरीक्षकको टोली खटिएको डिएसपी यादवले बताए ।

प्रतिकृया दिनुहोस