• २६ बैशाख २०८२, शुक्रबार
  • १३:५१:३५

Now: Music Express

Next: थाहा अपडेट

मुसिकोटमा ४० लिटर भन्दा बढी अवैध मदिरा नष्ट

गुल्मी : मुसिकोट नगरपालिका ३ मा वेवारिसे अवस्थामा भेटिएको ४० लिटर भन्दा बढी अवैध मदिरा नष्ट गरिएको छ ।

अस्थायी प्रहरी चौकी मुसिकोट ३, गुल्मीको गस्ती टोलीले गस्तिको क्रममा बाटोको छेउमा २० लिटरका २ वटा प्लास्टिक जर्किनमा शंकास्पद पदार्थ देखेको र चेकजाचको क्रममा मदिरा रहेको पत्ता लागेको प्रहरीले बताएको छ ।

गस्तिका क्रममा बेवारिसे रुपमा मदिरा भेटिएकोले उक्त मदिरा नियन्त्रणमा लिई मंगलवार जनप्रतिनिधि, संघ सस्था प्रमुख, स्थानिय समाजसेवी, पत्रकारहरुको रोहवरमा  नष्ट गरिएको अस्थायी प्रहरी चौकीका ईन्चार्ज वरिष्ठ ह. असोक कुमार धमालले जानकारी दिए ।

नेपाल सरकारले औपचारिक ईजाजत पत्र नलिई स्थानिय स्तरमा उत्पादन गरि प्रयोग गरिने मदिरालाई अवैध मदिराका रुपमा लिने गर्दछ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै