• ३ असोज २०८१, बिहीबार
  • ०६:४३:०७

Now: राष्ट्र र सँगीत

Next: सारथी हालचाल

राष्ट्रिय जनमोर्चाले गरायाे बडिगाड गाउँपालिकाको ध्यानाकर्षण

खर्वाङ । विशेष संगठनात्मक अभियानअन्तर्गत राष्ट्रिय जनमोर्चा बागलुङले सोमबार बडिगाड गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

राष्ट्रियता, जनतन्त्र, जनजिविकाको पक्षमा, संघीयताको खारेजी र विकास निर्माणमा भएका अनियमितता साथै ढिलासुस्तीको बिरुद्ध स्थानीय सरकारको ध्यानाकर्षण गराउन बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वन, नि. प्रमुख प्रशासकीय अधिकृत पुर्णबहादुर घर्तीलाई १६ बुँद्दे ज्ञापनपत्र बुझाएको हो ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेल, नेकपा मसाल बागलुङका प्रबक्ता मेकबहादुर पाईजा, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा बडिगाड गाउँ समितिका अध्यक्ष बोमबहादुर थापा, राष्ट्रिय जनमोर्चा बडिगाडका उपाध्यक्ष रनमाया थापा, सचिव बिमल श्रीस, सदस्यहरु प्रेम पुन, द्रोण वन, लालबहादुर छन्त्याल, रेशु थापाको टोलीले ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनले कार्यान्वयन तथा सहजिकरणका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

यसअघि जनमोर्चाले तमानखोला गाउँपालिकाका उपाध्यक्ष हिरा कुमारी छन्त्याललाई ज्ञापन पत्र बुझाउँदै गाउँ आएको सिंहदरबारलाई जनजीविका सवालमा केन्द्रित हुन आग्रह गरिएको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै