• ६ कार्तिक २०८१, मंगलबार
  • २३:२०:२२

Now:

Next:

निर्धन उत्थान खर्वाङ शाखाबाट चन्द्रा र लालमायालाई प्राकृतिक प्रकोप राहत

खर्वाङ । निर्धन उत्थान लघुबित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय खर्वाङ्गले संस्थाको समुहमा आवद गलकाेटका दुई सदस्यलाई राहत रकम उपलब्ध गराएको छ ।

गलकाेट नगरपालिका वडा न.११ धारामन्दिरका चन्द्रा सार्की र लालमाया सार्कीलाई शाखा कार्यालय खर्वाङले आज घरमै पुगी राहत बापत दुई सदस्यलाई ६ हजार हस्तान्तरण गरेको हो  ।

गत असार १४ गतेको वर्षाले चन्द्र र लालमायको घर अगाडि पछाडि पहिरो गएर आंशिकर क्षेति भएपछि संस्थाको प्राकृतिक प्रकोप अन्तर्गत राहत प्रदान गरीएको शाखा प्रमुख नविन गुरुङ्ले जानकारी दिए ।

संस्थामा आवद भए पछि कर्जा तथा बचतको कारोबार मात्र नभई सदस्यलाई समस्या पर्दा राहत महसुस गराउन संस्थाले विभिन्न सहयोग गर्ने गरेको प्रमुख गुरुङले सुनाए । 

संस्थामा आवद रही कर्जा बचत कारोबार गर्दै आएका सदस्य तथा सदस्यका श्रीमान/छोरा/छोरी लाई सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सर, मृगौलाफेलभई डायलसिस, मुटुको भल्बको सल्यक्रिया, लामो समयदेखि कोमामा उपचारत, हृदयघातको कारण आजिवन अशक्त, बोनम्यारो प्रत्यारोपण लगाएतमा संस्थाले सहयाेग गर्ने गरेकाे उनले बताए ।

यस्तै प्यारालाइसिस, आँखाको ज्योति गुमेको, पाठेघरको समस्याभइ सल्यक्रिया गरी घातक बिरामी परेका हरुलाई साथै प्राकृति प्रकोप हावाहुरी, बाढी पहिरोबाट सदस्यहरुमा पुर्णक्षति पुगेमा समेत राहत प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस