• २ कार्तिक २०८१, शुक्रबार
  • १२:०५:४४

Now: नेपाल खवर

Next: माई च्वाईस

कार्तिक ३ र ४ गते वामीटक्सारमा चौँथो नौमती सांस्कृतिक महोत्सव तथा वामी मेला हुदैं

फाइल फाेटाे

वामीटक्सार । वामी विश्व सम्पर्क मञ्च अन्तर्गत रहेको नौमती सांस्कृतिक समितिको आयोजनामा प्रत्येक २ वर्षमा आयोजना हुँदै आएको नौमती सांस्कृतिक महोत्सव तथा वामी मेलाको चौँथो संस्करण यही कार्तिक ३ र ४ गते हुने भएको छ । मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सार बजारमा उक्त कार्यक्रम गर्न लागिएकोे हो ।

समाजमा भित्रिँदो आधुनिक संस्कृतिसंगै स्थानिय स्तरमा रहेका मौलिक, कला संस्कृतीलाई जीवन्त राख्दै नयाँ पुस्तालाई समेत पुस्तानान्तरण गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको नौमती सांस्कृतिक समितिका वरिष्ठ सल्लाहकार राम बहादुर केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपालको मौलिक लोक बाजा नौमती बाजाको प्रतिष्प्रधात्मक कार्यक्रमसंगै नौमती बाजामा नृत्य प्रतियोगीता, रेकर्ड डान्स प्रतियोगीता, शंखवादन प्रतियोगीता, लोक दोहोरी गायन प्रस्तुती रहने अध्यक्ष बैकुण्ठ रायमाझीले जानकारी दिनुभयो ।

विभिन्न स्थानीय संस्कृती झल्किने झाँकी, महिला समुहको नौमती बाजा प्रस्तुती, विद्यार्थी समुहको बाजा प्रस्तुती लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती समेत कार्यक्रम अवधीभर रहने अध्यक्ष रायमाझीले जानकारी बताउनुभयाे ।

नौमती बाजा पुस्तान्तरण नहुँदा दुलर्भ बन्दै गएको सन्दर्भमा संरक्षण र प्रवद्र्धनको लागि सम्पर्क मञ्चले सानो प्रयास गरिरहेको अध्यक्ष रायमाझीले सुनाउनुभयाे ।

कार्यक्रममा स्थानीय उत्पादनका स्टल, नेवारी खानाका परिकारहरुको स्टल, हराउँदै गएका लुठ्ठे र चर्खे पिङ समेत आकर्षणको रुपमा रहने बताउदै गीतसंगीत तथा सांस्कृतिक क्षेत्रमा योगदान र्पुयाउनुहुने अग्रज स्रष्टा तथा व्यक्तित्वहरुलाई सम्मान र विशिष्ट संरक्षकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी गराएको छ ।

साे अबसरमा मालारानीको ठाडो भाका, वामी मैदानको सोरठी नृत्य, संस्कार जागरण समुहको भजन, नेवार समुदायको महत्वपूर्ण लाखेनाचरजात्रा झाँकी, पल्टार बँसेरी कुमाल समुदायको हिम्फै नृत्य, मुसिकोटको सरायँ नाच लगायतका यस क्षेत्रका विभिन्न स्थानीय संस्कृतीहरु समेत प्रदर्शन हुनेछन् । 

कार्यक्रम सम्पन्न गर्नका लागि मूल समितिको मातहतमा रहने गरी १३ वटा विभिन्न उपसमितिहरु समेत गठन गरिएको प्रवक्ता विवेक काफ्लेले जानकारी दिनुभयो । कार्यक्रम सम्पन्न गर्न झण्डै १२ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान रहेको र सम्पूर्ण खर्च सहयोगीदाता तथा प्रायोजनबाट संकलन गरिने काफ्लेले बताउनुभयो ।

समितिले यसभन्दा अगाडी विसं.२०७१ सालमा पहिलो, विसं. २०७५ सालमा दोश्रो र विसंं. २०७९ सालमा तेश्रो महोत्सव सफलताका साथ सम्पन्न गरिसकेकाे छ । 

प्रतिकृया दिनुहोस