• २३ मङ्सिर २०८१, आइतबार
  • ११:२४:१५

Now: सिने संसार

Next: नेपाल खवर

पौंदेलीले मनाए न्वागी पर्व

फाइल फाेटाे

खर्वाङ । मंसिर १ गते निकालिएको शुभसाईत अनुशार आज पौदेलीहरुले १७ औं शताब्दीदेखि मनाईदै आएको न्वागी पर्व मनाएका छन । १ गतेको शुभसाईत अनुशार आज विहान ९ बजेर ३७ मिनेटमा पश्चिम फर्करे न्वागी खाईएको बडिगाड ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले जनाकारी दिए ।

गलकोट र पर्वत राज्यको सहयोगमा इस्मा राज्यले जुम्ला राज्यकोे विस्तार अभियानलाई रोकेको हुनाले पौंदी मौजा राजनैतिक महत्वको रहेकोे र यसै खुसियालिमा न्वागी पर्व मनाउन थालिएको स्थानिय भानुभक्त पौडेलले सुनाए ।

“बागलुङको ग्वालिचौर, गुल्मीको अरेवा, अमराई लगाएत पौंदीबासीको खेतमा धान पाकेपछि कार्तिको पहिलो हप्ता मुसिकोटको छत्रकोटका पुजारी, स्थानिय र जनप्रतिनिधिको रोहबरमा मुठि लिने (धान काट्ने) र न्वागि खाने मिति हेराईने चलन रहको छ ।” स्थानिय राम बहादुर कुँवरले जानकारी दिए ।

यस वर्षको मुठिलिने (धान काट्ने) दिन भने गत कार्तिक ११ गते ९ बजेर ३३ मिनेटमा पुर्व फर्कर परेको उनले सुनाए । न्वागी खाने समय र कुन दिशा तर्फ फर्कर न्वागी खाने भन्ने यकिन चाँहि मंसिर महिना लागेपछि मात्र तोक्ने चलन रहेको समेत कुँवरले सुनाए ।

कार्तिक पहिलो हप्ता सबैसंगबाट मुठिलिई धान काटेर स्याहार्ने र न्वागिलाई घर घरमा होमन गरेपछि थानपति, छत्रभुमि, सिद्धका नाममा देवतालाई चढाई मंसिरको पहिलो हप्ताभित्र न्वागी खाने यस क्षेत्रमा चलन रहेको छ । यो पटकको न्वागी मेला पनि आजै बाट ८ गते सम्म बडिगाड गाँउपालिका ५ खारमा शुरु भएको छ ।

स्थानीयका अनुसार यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातीको धानलाई दहीमा भिजाइ, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाइ खेत भएका र नभएका सबैले खाने प्रचलन रहेको छ ।

खेत भएकाहरुले खेत नभएकाहरुलाई पनि निम्ता गर्छन भने आफना आफन्त, इष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन रहेको छ । परापूर्व कालमा स्थानीयहरुले बाजागाजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बुढापाकाहरुले भने गुनासो गर्ने गरेका छन ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै