• ३० फाल्गुण २०८१, शुक्रबार
  • १८:०२:५८

Now: नेपाल खवर

Next: सालौजो र रोइला भाका

महिला जागरण केन्द्रले पाण्डबखानीमा मनायाे अन्तर्राष्ट्रिय महिला दिवस

पाण्डबखानी । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।

विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ ।

सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो। पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो ।

यसैविच महिला जागरण केन्द्र पाण्डबखानीको आयोजनमा विभिन्न कार्यक्रम गरि दिवस मनाईएको छ ।

कार्यक्रममा रमुवामा उत्पादन भएको आलु चिप प्रदर्शन, बेलुन नाच प्रतियोगितामा सोरमने आमा समूह प्रथम, रमुवा आमा समहु दोस्रो, सुनपानी आमासमुह तेस्रो भएका छन् त्यस्तै गिलास मिलाउने प्रतियोगितामा काप्रे आमा समुह प्रथम, तल्लो फुर्से आमा समूह दोस्रो, ज्याथर आमा समूह तेस्रो भएका छन् । 

महिला जागरण केन्द्र पाण्डबखानीकि अध्यक्ष राधिका पुनको अध्यक्षता गलकोट कार्यपालिका सदस्य रामप्रसाद वि.कको प्रमख आथितियता, निवर्तमान वडा अध्यक्ष तिलक घर्तिको विशेष्ट अथिति, महिला जागरण केन्द्र पाण्डबखानीकि सदस्य  तेजकुमारी पुनको स्वागत मन्तव्य संगै महिला जागरण केन्द्र पाण्डबखानीकि सचिव चन्द्रा कुमारी श्रीसको संचालनमा कार्यक्रम सम्पन्न भएको थियाे ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै