• ६ जेठ २०८२, सोमबार
  • १४:३७:०४

Now: संगित सरगम

Next: नेपाल खवर

छल्दी खोलामा डुबेर भुवाचिदीका १७ वर्षीय ग्रिस्मको ज्यान गयाे

फाइल फाेटाे

गुल्मी । जिल्लामा पौडी खेल्ने क्रममा खोलामा डुबेर किशोरको ज्यान गएको छ । जिल्लाको मुसिकोट नगरपालिका–६, भुवाचिदीका १७ वर्षीय ग्रिस्म शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले बताए । 

शर्मा आइतबार दिउँसो करिब ४ बजेतिर साथीहरूसँग मुसिकोट नगरपालिका–४ स्थित छल्दी खोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्दा खेल्दै उनी खोलामा डुबेर बेपत्ता भएका थिए । उनीसँगै पौडी खेलिरहेका मुसिकोट–६ का १८ वर्षीय रोनश प्रसाई र मुसिकोट–४, पाथीडाँडाका १९ वर्षीय सविन थापा भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

डुबेको खबर पाएपछि प्रहरी चौकी वामिटक्सारबाट प्रहरी नायब निरीक्षक प्रकाश शाहीको नेतृत्वमा ६ जनाको टोली तत्कालै घटनास्थलमा परिचालित गरिएको थियो । खोजी कार्यपछि साँझ साढे ५ बजेतिर शर्माको शव खोलामै फेला परेको प्रहरीले जानकारी दिएको छ । 

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक भूपेन्द्र थापाको कमान्डमा ७ जनाको अर्को प्रहरी टोली खटिएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै