• ६ जेठ २०८२, सोमबार
  • १४:५१:४६

Now: संगित सरगम

Next: नेपाल खवर

तमानखोलाकाे गोरदी र बयलीका सार्वजनिक खाली जग्गामा वडाले लगायाे स्याउका विरुवा

बागलुङ । जिल्लाको तमानखोला गाउँपालिका वडा नं ४ मा कृषि पर्यटन पुर्वधार निमार्ण गरिएको छ । पालिकाको वडा नं. ४ गोरदी र बयलीमा सार्वजनिक खाली जग्गामा पाँचसय मिटर घेराबार गरेर तीन सय स्याउका विरुवा लगाईएको हो । 

वडा कार्यालयले परिक्षणको लागि स्याउका विरुवा लगाएको बताउदै वडाध्यक्ष छवी श्रीपालीले गत आर्थिक वर्ष २०८०/८१ मा गोरदी र बयलीकाे खालि जग्गामा पालिकाको रु १८ लाख बजेटबाट तार जाली सहितको घेराबार गरिएको बताए । 

आर्थिक वर्ष २०८१/८२ मा सो क्षेत्रमा रु ८ लाख बजेट विनियोजन गरेर मुस्ताङ बाट स्याउको विरुवा खरिद गरेर रोपिएको छ । “सार्वजनिक जमिनको खाली ठाउँलाई हामिले स्याउ बगान वनाउन खोजेका हौ, उच्च भाग मनोरम स्थान र स्याउ उत्पादनको लागि उपयुक्त स्थान रहेकाले हामिले स्याउ लगाएका छौ ।” वडा अध्यक्ष श्रीपालीले भने ।

गोरदीमा पाँच रोपनी र बयलीमा भन्डै ५० रोपनी क्षेत्रफलमा विरुवा लगाईएको छ । समुन्द्र सतह देखी करीव तीन हजार मिटरको उचाईमा रहेको उक्त स्थानमा स्याउका विरुवा लगाइएको हो । पर्यटकिय स्थान सोलेसंगै छिमेकि जिल्ला म्याग्दी पनि नजिक पर्ने भएकाले स्याउ बगान बनेपछि कृषिसंगै पर्यटनमा समेत काम गर्ने वडाको योजना छ ।

सार्वजनिक जग्गाको प्रयोगमा वनले विभिन्न समस्याहरु सिर्जना गर्ने गरेको बताउदै अध्यक्ष श्रीपालीले वनको जग्गालाई समुदायको हितको लागि प्रयोगमा ल्याउन सो क्षेत्रमा परिक्षणको लागि स्याउका सबै खालले विरुवा रोपिएको बताए ।

स्याउले उत्पादन राम्रो दिएमा पर्यटनलाई समेत लक्षित गरिएको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । “उच्च स्थानमा मनोरम वातावरण छ । त्यँहा स्याउको बगान संगै पर्यटक रमाउन सक्ने प्रसस्त आधार  छन , कृषि संगै पर्यटनको पनि सम्भावना छ अध्यक्ष बुढाले बताए ।”

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै