• १७ श्रावण २०८३, आइतबार
  • ०२:१६:०७

Now:

Next: शुभारम्भ धुन

रास्वपाको बागलुङ सभापतिमा बडिगाडका ढालेन्द्र रायमाझी निर्वाचित

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम जिल्ला अधिवेसनबाट ढालेन्द्र रायमाझी सभापतिमा निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा उनले ९३ मत पाए । उनका निकटतम प्रतिस्पर्थी पुनम शर्माले ८२ मत पाएका थिए । २ सय २७ जिल्ला प्रतिनिधिमध्ये मतदानमा कुल १ सय ८० मत खसेको थियो ।

चार वर्षअघि गठन भएको तदर्थ समितिको उपसभापति ढालेन्द्र रायमाझी र हालै पार्टीमा प्रवेश गरेका पुनम शर्माबीच अध्यक्षका लागि प्रतिस्पर्धा भएको निर्वाचन समितिले जनायो । निर्वाचनमा पदाधिकारीका लागि पनि दुइ/दुइ जनाको उमेदवारी परेको थियो ।

उपसभापतिमा खिमानन्द पौडेल विजयी भए । पौडेलले १ सय र देवु बुढाथोकी ७५ मत पाए । सचिव पदमा लिलबहादुर खत्री (बबिन) ले १ सय १२ मत ल्याएर विजयी भए भने अर्का प्रत्यासी प्रकाश रिजालले ६५ मत पाए । सह–सचिवमा हेमलाल उपाध्याय ८८ मत ल्याएर विजयी भए भने कमलप्रसाद खरेलले ८५ मत पाएका थिए ।

क्षेत्र नंं १ संयोजकमा रामप्रसाद अधिकारी १ सय ९ मत पाएर विजयी भएका छन् । क्षेत्र नं. २ को संयोजकमा हिमाल खत्रीले ९७ मत ल्याएर विजयी भए । सदस्यको लागि भने यसअघि नै छनौट भैसकेको थियो ।

गत जेठमा गलकोटमा भएको अधिवेसनमा पुनम शर्माको अध्यक्षतामा सर्वसम्मत पदाधिकारी घोषणा गरिएको थियो । सहमतिको नाउँमा घोषणा गरिएको भनिएपनि त्यस उपर केन्द्रमा उजुरी परेपछि पुनः अधिवेसनको घोषणा भएको थियो । शनिबार पदाधिकारीका लागि मतदान भएको हो ।

प्रतिकृया दिनुहोस