• १६ श्रावण २०८३, शनिबार
  • ०२:२६:२४

Now:

Next: शुभारम्भ धुन

बिदामा नागरिक्ता बनाउन आएका थिए लजिन 

खर्वाङ । काठमाण्डौं बसेर अध्ययन गर्ने लजिन गाउँमा कमै बस्थे । यस पटक कक्षा ११ को परिक्षा दिएर लजिन घर आएका थिए । स्थानियका अनुशार बागलुङको बडिगाड गाउँपालिका १ थानका लजिन नागरिक्ता पनि बनाउने र अबको केहि साताभित्र पुन अध्ययनको लागि काठमाण्डौं जाने योजना थिए । 

“११ को परिक्षामा भान्जाले ए प्लस अंक लिएका थिए १२ को कक्षा शुरु हुने लागेकाले भान्जा काठमाण्डौं जाने तयारीमा थिए ।” मामा केयरसिंह बुढाथोकिले भने “एक साता भन्दा बढि समयपछि भान्जा मृत फेला परेका छन । घटना के कसरी घटेको हो ? कस्ले घटाएको हो । अहिले सम्म केहि खुलेको छैन । छिटो भन्दा छिटो दोषिलाई कानुनि कार्वाहि हुनुपर्छ ”मामा बुढाथोकीले बताए ।

स्थानियका अनुशार उनले एक साताअघि नागरिक्ता पनि बनाईसकेका थिए । गत साउन १ गते साँझ साथिको जन्मदिन मनाउन घरबाट निस्कीएका लजिन मृत फेला परेका हुन । बडिगाड गाउँपालिका १ थानका १७ वर्षिय लजिन थापा शनिवार बिहान घरदेखि करिब ८ सय मिटर नजिक म्यालडाँडामा मृत फेला परेका वडाध्यक्ष बोम बहादुर थापाले जानकारी दिए । 

लजिनले अन्तिम पटक भेटेका चार जना साथिलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जनाएको छ । एक सातादेखि लजिनको प्रहरीले स्थानियसंग खोजि गरिरहेको थियो । भने अफट्यरो स्थानमा ड्रोनको समेत प्रयोग गरेको थियो । लजिन घरका एक्ला छोरा हुन भने उनकी एक बहिनी छिन् । 

शंकास्पद अवस्थामा लजिनको शव फेला परेपछि थान गाउँ अहिले शोकमा डुबेको छ । लजिनको परिवारमा रुवाबासी चलेको छ । ‘‘शंकास्पद घटनाले सिङ्गो समाज नै त्रसित भएको छ, घटना स्वभाविक हो की रहस्यमयी, सुक्ष्म अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाई दोषीमाथि हदैसम्मको कानुनी कार्वाही गर्नुपर्छ’’ स्थानीय निम संगितले भने ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेर शव पोस्टमार्टमको लागि बागलुङ लगेकाे ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरीक्षक डम्बरबहादुर बोहराले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै