• १६ श्रावण २०८३, शनिबार
  • ०२:२६:०४

Now:

Next: शुभारम्भ धुन

बडिगाडका लजिन मृत फेला

खर्वाङ । बडिगाड गाउँपालिकाका एक किशोर मृत अवस्थामा फेला परेका छन् । साथीको जन्मदिन मनाएर फर्किन्छु भन्दै घरबाट निस्कीएका बडिगाड–१ थानका १७ वर्षिय लजिन थापा मृत फेला परेका हुन । 

लजिन साउन १ गते शुक्रबार साँझ बुबासंग साथीको जन्मदिन मनाएर फर्किहाल्छु भन्दै घरबाट निस्कीएका थिए । लामो समय बितिसक्दा पनि घर नफर्किएपछि स्थानीय र प्रहरी टोलीले लजिनको निरन्तर खोजी गरेका थिए । 

आज बिहान घरदेखि करब ८ सय मिटरको दुरीको म्यालडाँडामा घोप्टो परेको अवस्थामा लजिनको शव फेला परेको हो ।  शंकास्पद अवस्थामा लजिनको शव फेला परेपछि थान गाउँ अहिले शोकमा डुबेको छ । लजिनको परिवारमा रुवाबासी चलेको छ । 

शंकास्पद घटनाले सिङ्गो समाज नै त्रसित भएको छ, घटना स्वभाविक हो की रहस्यमयी, सुक्ष्म अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाई दोषीमाथि हदैसम्मको कानुनी कार्वाही गर्नुप्रर्ने स्थानियले माग गरेका छन । 

अहिले घटनास्थलको मुचुल्का तयार गरेर शव पोस्टमार्टमको लागि बागलुङ लैजाने तयारी गरिएको ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरीक्षक डम्बरबहादुर बोहराले जानकारी दिए । 

यसअघि प्रहरीले बेपत्ता लजिनसंग त्यसदिन साथमा रहेका साथीहरुलाई नियन्त्रणमा लिएको छ । ‘‘लजिन सम्पर्कविहिन भएदेखिका गतिविधिमा हामीले सुक्ष्म अनुसन्धान गरिरहेका छौं । शंकास्पद देखिएकालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं’’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले भने ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै