बडिगाडकी भुमी चारदिन देखि वेपत्ता, तमानखोलाकी श्याममती अर्धचेत अबस्थामा फेला
खर्वाङ । बुधबार बाट बडिगाड गाउँपालिका १ किर्तुल नेपानेकी ८० वर्षिय भुमी सलामी सम्पर्क विहिन छिन् । सुस्त मनिस्थीतिकि भुमी वेपत्ता भएको आज पाँचै दिन भएको छ । गाउँभर खोजि गर्दा पनि आमाको अबस्था पत्ता नलागेको छोरा यम बहादुर सलामीले बताए ।
“प्रहरीमा पनि जानकारी दिएका छौ । अहिले सम्म आमाको कुनै खबर छैन । गाउँ नजिकै वेपत्ता युवकको शव फेला परेपछि छन् मनमा चिसो पसेको छ ।” छोरा यम बहादुरले भने । आमालाई कतै देख्नेले ९८४६९१३६८८ मा वा प्रहरीमा खबर गरिदिन परिवारले अनुरोध समेत गरेको छ ।
यसैविच बागलुङ पश्चिम तमानखोलाकी श्याममती बुढा तिनदिनपछि फेला परेकि छिन् । तमानखोला ३ स्थायी घर भई हाल पोखरा महानगरपालिका–२५, हेम्जा, मिलनचोक नजिक बस्ने ७३ वर्षीया श्याममती बुढा तिन दिन पछि अर्धचेत अबस्थामा फेला परेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए ।
पोखरा महानगरपालिका–२७, लेखनाथ अर्घाैचोक रविमहल नजिक अर्धचेत अबस्थामा फेला परेकी श्याममतीलाई महलका सुरक्षाकर्मीको पहलमा प्रहरीले उद्धार गरेको हो । उनको करिब ८ तोला बराबरको गरहगना र मोवाईल समेत लुटिएको अवस्थामा फेला परेको गाउँपालिका अध्यक्ष बुढाले जानकारी दिए ।
घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको पारिवारीक स्रोतले जनाएको छ ।


अनिष पाठक
प्रतिकृया दिनुहोस