• १६ श्रावण २०८३, शनिबार
  • ०२:२६:२३

Now:

Next: शुभारम्भ धुन

सेरामा जिप र मोटरसाईकल एक आपसमा ठोकिदा दुई जना घाईते

फाेटाे - देविराम घिमिरे

वामीटक्सार । गुल्मीको मुसिकोट नगरपालिका ७ सेरामा मोटरसाईकल र जिप एक आपसमा ठोकिदा दुई जना घाईते भएका छन ।

बुटवल बाट बुर्तिबाड तर्फ आईरहेको ग १ ज ७७६५ नम्बरको जिप र वामीटक्सार बाट भुवाचिदी तर्फ गईरहेको ग १२ प ८५० नम्बरको मोटरसाईकल एक आपसमा ठोकिदा दुई जना घाईते भएको वामी प्रहरी चौकीले जानकारी दिएको छ ।

वामी प्रहरी चौकीका प्रहरी बरिष्ठ नायव निरिक्षक प्रदिप कार्कीका अनुशार मुसिकोट ४ वडागाउँका १९ बर्षिय आशिष विक र वडा नं. ७ सेराका १७ बर्षिय सुमन राना घाईते भएका हुन । उनिहरुको खुट्टामा चोट लागेको र अहिले लुम्बिनी वामी हस्पिटल वामीटक्सारमा उपचारको भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै