• १९ श्रावण २०८३, मंगलबार
  • ०६:०८:०६

Now: कायाकैरन

Next: राष्ट्र र सँगीत

गुल्मी जैसिथोककी सीताको स्क्रब टाइफसका कारण मृत्यु

गुल्मी । जिल्लाको धुर्कोट गाउँपालिका–४ जैसिथोक निवासी करिब ३५ वर्षीया सीता पोख्रेलको स्क्रब टाइफस संक्रमणका कारण मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार साउन १४ गते बिहान बिरामी परेपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको थियो। अस्पतालमा सामान्य उपचारपछि चिकित्सकको सल्लाहअनुसार अवस्था जटिल भए पुनः भर्ना हुनुपर्ने भन्दै सोही दिन डिस्चार्ज गरिएको थियो।

तर साउन १८ गते पुनः स्वास्थ्य समस्या बढेपछि उनलाई फेरि जिल्ला अस्पताल तम्घास ल्याइएको थियो। उपचारका क्रममा चिकित्सकले बिहान ११ः१० बजे उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो ।

यस विषयमा दिनभर अस्पताल व्यवस्थापन र मृतकका आफन्तबीच छलफल भएको थियो। छलफलका क्रममा अस्पतालले बिरामीलाई भर्ना नगर्नु आफ्नो कमजोरी भएको स्वीकार गरेको बताइएको छ। दिनभरको छलफलपछि मृतकका आफन्तले शव बुझेका छन्।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै