• १४ भदौ २०८३, आइतबार
  • १०:१४:१२

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

रसुवा बाढि : भाग्यले जोगिए बागलुङका तारा र भूपेन्द्र, अझै ११ जना सम्पर्क विहिन

खर्वाङ । “म बाचेछु । म बाँचे । म बाचेछु । अ‍ैले सम्म है । अ‍ैले सम्म बाँचेछु है म ।” लगतै हेलिकप्टर देखिन्छ । उनी चिचाउदै भन्छन् “ओई हेलिकप्टर या आउ बचाउन” । अनि संगैका अर्को एक जनाले भनेको सुनिन्छ ‘फर्केर गएर रिपोटिङ गर्छ र अरु पठाउन्छ के । अ‍ैले आउन्छ ।’

उनले फेरी भन्छन । “हामि यहाँ छौ । आयो आयो ।” वरपरका कसैले भनेको सुनिन्छ यो आउने बेला सम्म यहाँ जान सकिन्छ । अहिले आउन्छ नि !  यसरी अतालिएका तारा केसी हुन । उनि बुधबार रसुवा बाढीमा ज्यान जोगाउन सफल भए मध्येका एक हुन । बागलुङको जैमिनी नगरपालिका–८, छिस्तीका तारा केसी नेपाल प्रहरीको सहायक हवलदार पदमा कार्यरत छन । 

उनले गत बुधबार अगस्ट १९ तारिकमा फेशबुकमा लेखेका छन । अबको बसाई टिमुरे नाका रसुवा (चाईना) । टिमुरे प्रहरी चौकिका प्रहरी सहायक हवलदार तारा केसी आफु केहि सेकेन्डले मात्र बाच्न सफल भएको बताउन्छन ।  तारा त्यसरी अतालिदै भनेका शब्दबाटै थाहाँ हुन्छ । बाढी कति निस्ठुरी र कुरुर थियो भनेर । लगतै उनले फेशबुकमा लेख्छन । ‘म एैले सम्म जिउदो छु है कोहि आफन्तहरु न आतिनु होला ।’ 

जिल्ला प्रहरी कार्यालय वेनीमा कार्यरत तारा रसुवा पुगेको करिव एक महिनामात्रै भएको दाजु झक बहादुर क्षेत्रीले जानकारी दिए । “भाई सित भर्खरै पनि कुरा भयो अहिले भाई रसुवाको जिल्ला प्रहरी कार्यालयमा सुरक्षित छ ।”

गलकोट नगरपालिका ६, जङ्गराका २३ वर्षिय भूपेन्द्र रोका मगर गत बैशाखमा साथिहरुसंग रसुवा पुगे । हाईड्रोमा १२ जना सथिहरु मिलेर खाना पकाउने काम शुरु गरेको उनले घरमा बताएका थिए । “पोखराका साथिहरु पनि छन । म चाईनाको बोडर निजक छु हाईड्रोमा काम गर्नेहरुको लागि खाना बनाउने काम गर्छु आमा ।” भूपेन्द्रले आमा नरमाया रोकालाई भनेका थिए ।

तर हिजो एकाएक नरमायाले बाढिले सबै बगायो भन्ने छरछिमेकबाट खबर सुन्छिन् । खबर सुन्न साथ अतालिएकी उनिसंग साँझ ५ बजेतिर छोरा संग सम्पर्क हुन्छ । “म प्रहरी सित छु आमा । म संग केहि छैन । बाईक पनि बगायो ।” आमा नरमाया रोकाले भनिन् हिजो छोरा सित कुरा भएको यति हो । छोरासित कुरा भएपछि ढुक्क त भए । अहिले काहाँ छ के छ अरु थाहाँ छैन । फोन पनि अफ छ ।

यता गलकोट नगरपालिका ६ का वडाध्यक्ष राम प्रसाद कँडेलले बाढिपछि वन तर्फ भागेर ज्यान जोगाएका भूपेन्द्रसंग पछिल्लो सयम सम्पर्क नभएको बताउन्छन् । “अहिले सम्मको जानकारीमा हाम्रो वडाका अरु कोहि सम्पर्क विहिन भएको जानकारी छैन । भुपेन्द्रको पछिल्लो जानकारी सहित परिवार र प्रहरीसंग सहकार्य गरेर अवस्था बुझ्ने काम भईरहेको छ ।” भूपेन्द्रको हुलिया सहित परिवारले पनि प्रहरीमा विवरण टिपाएको छ ।

गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीका अनुशार रसुवा बाढिमा अहिले सम्म पालिकाका २ जना वेपता भएकोमा भूपेन्द्र सम्पर्कमा आएका छन । भने वडा नं. २ का रमेश सुनार अझै वेपता छन । “एक साता अघि मात्रै रमेश हाईड्रोपावरमा काम गर्ने भनेर त्यहाँ पुगेका थिए । वेपता हुनु अघि सम्म पनि उनले हाईड्रोको टनेलमा काम गरिरेहेको फोटो भिडियो श्रीमतिलाई पठाईरहेका पनि रहेछन् । बिहिबार साँझ सम्म उनी सम्पर्कमा छैन्न । खोजिको लागि पहल गरिरहेका छौ ।” प्रवक्ता भण्डारीले भने । 

रसुवा जिल्लाको स्याफ्रुबेँसी स्थित बुद्ध गेष्ट हाउसमा काम गर्ने ढोरपाटन नगरपालिका ९ मर्माका २० वर्षीय तुलबहादुर सुनार यो दशैंमा घर आउने योजनामा थिए । विगत पाँच वर्षदेखि घर पनि नआईकन उतै समय विताएका तुल बहादुर पनि विहिबार साँझ सम्म सम्पर्कविहीन छन । 

“पाँच वर्षपछि भाई यो दशैंमा घर आउने योजनामा थियो । मंगलबार सम्म कुरा भएको हो । भर्खर सम्मपनि फोन हानि रहेका छौ । भाई सम्पर्कमा आएको छैन । शकुसल छ या केहि भयो हामिलाई केहि जानकारी छैन ।” तुल बहादुरका दाजु प्रेम विकले बताए ।

बागलुङ पश्चिम तमानखोला गाउँपालिकामा वेपताको संख्या अझ बढि छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढाका अनुशार विहिबार सम्म ९ जना रसुवा बाढिमा वेपता छन । यो संख्या अझै बढ्ने पालिकाको अनुमान छ । बुढाका अनुशार वेपताहरु हाईड्रोमा काम गर्न गएकाहरु छन ।

अपर त्रिशुली हाइड्रोपावरमा काम गर्ने वडा नंं १ हिजाका ३७ वर्षिय पदम बहादुर घर्ती मगर, हिजाकै ३२ वर्षिय इन्द्र कुमार विक, वडा नं. २ बोङ्गाखानीका ३७ वर्षिय भिम बहादुर छन्त्याल र वडा नं. ३ तमानका २२ वर्षिय संजय श्रीपाली वेपता छन । 

यस्तै तमानखोला गाउँपालिका १ रिक्लाङ्गका २२ वर्षिय विष्णु घर्ती मगर, वडा नं. २ बोङ्गाखानीका अन्दाजी ५० वर्षिय खडक छन्त्याल, वडा नं. ३ तमानका ५० वर्षिय दल प्रसाद बूढा, वडा नं. ४ लाम मेलाका ५८ वर्षिय लाता कामी र लाम मेलाकै ४७ वर्षिय भिम बहादुर विक अझै विहिबार सँझ सम्म पनि वेपत्ता छन ।

“अहिले सम्म उहाँहरु मध्ये कोहि पनि परिवार र हाम्रो सम्पर्कमा हुनुहुन्न । पालिकाबाट कामको खोजिमा टाढा जाने चलन हाम्रो गाउँघरमा अझैपनि छ । यो संख्या हाम्रो पालिकामा अझै बढ्न सक्छ ।” पालिका अध्यक्ष वुढाले भने ।

यता जिल्ला प्रहरी कार्यालय बागलुङले भने अहिले जिल्लारभरबाट वेपता भएकाहरुको विवरण संकलनको काम भईरहेको जनाएको छ । जिल्लाका अन्य पालिकाबाट भने अहिले सम्म वेपता भएकाहरुको जानकारी प्राप्त नभएको भएपनि पालिकाहरुले भने विभिन्न सुचना निकालेर परिवार वा आफन्त वेपताको जानकारी दिन अनुरोध गरेका छन । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै