• १४ भदौ २०८३, आइतबार
  • १०:१५:०६

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

रसुवा बाढीः बागलुङका तिन सहित गण्डकीका १७ नागरिकको शकुसल उद्धार 

खर्वाङ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा उद्धार गरिएका तथ्याङक सार्वजनिक गरि रहेको छ । शुक्रबार साँझ सम्म्को प्राधिकरणको विवरण अनुशार उद्धार गरिएको व्यक्तिहरूको विवरणमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका नागरिकसमेत छन्। 

उपलब्ध उद्धार सूचीलाई आधार मान्दा गण्डकी प्रदेशका ६ जिल्लाका १६ जना नागरिक रसुवाबाट उद्धार गरिएका छन । सूचीअनुसार सबैभन्दा धेरै म्याग्दी र लमजुङका चार–चार जना रहेका छन्।

म्याग्दीका २५ वर्षिय प्रदीप प्रजा, ३५ वर्षिय विमल पुर्जा, ४७ वर्षिय रामगोपाल चौधरी र ४७ वर्षका सोमबहादुर विक छन्। लमजुङका ४६ वर्षिय हरी मिजार, ३१ वर्षिय सुमन भुजेल, ३२ वर्षिय सरोज महोरती र २५ वर्षिय राज कुमार दुलाललाई पनि रसुवाबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै बागलुङका तीन जनालाई पनि उद्धार गरिएको छ । २९ वर्षिय टमकुमारी थापा, ४४ वर्षिय गिरीप्रसाद बुढामगर, र ४१ वर्षका धनबहादुर विक, तीनै जनालाई रसुवाबाट उद्धार गरिएको विवरणमा उल्लेख छ ।

पर्वत र गोरखाका दुई–दुई जना तथा स्याङ्जाका एक जना पनि उद्धार सूचीमा छन्। । पर्वतका ५० वर्षिय प्रेम प्रसाद सुवेदी र २१ वर्षिय  आकाश चुनरा तथा गोर्खाका ७० वर्षिय बुढानिधि पन्त  र ६० वर्षिय सुवा  सिता पन्त लाई पनि रसुवाबाट शकुशल उद्धार गरिएको छ । प्राधिकरणले स्याङ्जाका ३७ वर्षिय तिलक कुमार पराजुली र तनहुँका ५४ वर्षिय  विर बहादुर कुमाललाई पनि रसुवाबाट उद्धार गरेको भनेको छ ।  

यसैबीच उद्धार सूचीमा नवलपरासी र पश्चिम नवलपरासी भनेर ठेगाना उल्लेख भएका नागरिक पनि भेटिएका छन्।  नवलपरासी भनेर उल्लेख गरिएका व्यक्तिहरूमध्ये २६ वर्षिय केसव केवट, ४६ वर्षिय रबिन्द्र हमाल, ३९ वर्षिय सुबासचन्द्र थारु, २५ वर्षिय देव कुमार श्रेष्ठ, २९ वर्षिय कर्णकुमार चौधरी छन ।

यस्तै ४२ वर्षिय सुबास चन्द, २२ वर्षिय लिलित चौधरी, ३७ वर्षका गोपाल चौधरी छन । भने पश्चिम नवलपासिका उमेर नखुलेका सोनारायण चौधरी पनि उद्धार गरिएको सुचिमा छन । तर उपलब्ध सूचीमा उनीहरूको ठेगाना नवलपुर भनेर उल्लेख नभएकाले उनीहरू गण्डकी प्रदेशकै नवलपुर जिल्लाका नागरिक हुन वा होइनन भन्ने भने खुलेको छैन ।

यो तथ्याङ्क तयार गर्दा सम्म राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ६५५ नेपाली, ११६ विदेशी गरि कुल ७७१ नागरिकको शकुसल उद्धार गरेको छ ।

उद्धार गरिएकाकाे विवरण यहाँ / -https://ndrrma.gov.np/np/rescue  मा खाेज्नुहाेस. 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै