• १४ भदौ २०८३, आइतबार
  • १०:१३:५४

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

विगत ३६ वर्षदेखि खर्वाङमा हुदै आएको तीजगीत प्रतियोगिता स्थगित

फाइल फाेटाे

खर्वाङ । विगत ३६ वर्षदेखि खर्वाङको डुडियाचौरमा पञ्चमीको भोलिपल्ट हुदै आएको तीजगीत तथा नृत्य प्रतियोगिता यस वर्ष नहुने भएको छ ।  राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपाल, बडिगाड गाउँपालिका–२, खर्वाङले गर्दै आएको कार्यक्रम यस वर्ष स्थगित गरिएको अध्यक्ष रुके पुरीले बताए ।

महासङ्घले देशमा परेको ठूलो प्राकृतिक विपत्तिका कारण यस वर्षको कार्यक्रम स्थगित गरिएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो । गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्र हुँदै त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले ठूलो धनजनको क्षति र्पुयाएको र धेरै परिवार विस्थापित भई सिङ्गो देश नै शोकमा परेकाले उत्सव मनाउने अवस्था नरहेको महासङ्घले जनाएको छ । 

महासङ्घका अध्यक्ष रुके पुरी र सचिव अनिष पाठकद्वारा जारी विज्ञप्तिमा सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई उच्च प्राथमिकता दिँदै सम्पूर्ण प्रतियोगितात्मक तथा सांस्कृतिक कार्यक्रमहरू स्थगित गरिएको बताइएको छ।

साथै, महासङ्घले तीज पर्वलाई फजुल खर्च र भड्किलो नबनाई सादगीका साथ मनाउन आम नागरिकमा आह्वान समेत गरेको छ। कार्यक्रमका लागि छुट्याइएको स्रोत, साधन तथा आ–आफ्नो सामथ्र्य अनुसार बाढीपीडितको राहत र उद्धार कार्यमा सहयोग गर्न पनि महासङ्घले सबैमा अपिल गरेको छ । महासङ्घले यस अघि कोरोना माहामारिको समयमा पनि कार्यक्रम स्थगित गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै