• २३ असोज २०८३, शुक्रबार
  • ०८:४१:५१

Now: बदलिँदो नेपाल (कृषि विशेष)

Next: नेपाल खवर

बागलुङका चार स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना

बागलुङ । चाडवाडको समयमा यात्रुलाई पर्ने समस्यालाई लक्षित गरी जिल्लाको मुख्य चार स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । 

यात्रु सहायतका कक्षको उद्घाटन गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले चाडवाडमा यात्रु ठगिन नदिन यात्रु सहायता कक्षको स्थापना गरिएको बताउनुभयो । उहाँले यात्रु ठगिएको सामान लुटपाट गरिएको लगायतको विषयमा तत्कालै उजुरी संगै सुनुवाई हुँने पनि बताउनुभयो ।

बागलुङको मुख्य प्रवेशद्वार मालढुङ्गा, जिल्ला ट्राफिक कार्यालय बागलुङको परिसर, गलकोटको हटिया बजार र वुर्तिवाङ बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फडिन्द्र प्रसाईले जानकारी दिनुभयो ।

चाडवाडको सयमा यात्रुलाई पर्न सक्ने असुविधालाई मनन् गर्दै भाडादरको सूचना बोर्ड सहित यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै

↑