विद्यार्थी संख्या कम भएपनि विद्यालय संचालन गर्ने बाध्यतामा बडिगाड गाउँपालिका
खर्वाङ । विसं. २०८१ सालमा बडिगाड गाउँपालिका १० को सिर्जनशिल प्रावि पेरिफेरीबाट पहिरो गयो । पहिरोमा परि ११ जनाले ज्यान गुमाउदाँ आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका परिवार विस्थापित हुन पर्यो । अझै पनि त्यस वरपर पहिरोको जोखिम उच्च छ ।
सिर्जशिल प्राविका संस्थापक तथा पुर्व शिक्षक सन्त रास्कोटीका अनुशार यस वर्षको असार यता मात्रै विद्यालयको शौचालय एक मिटर भन्दा बढि भासीएको छ । विद्यालयका कक्षाकोठामा समेत तिन वर्ष अघिको पहिरोको असर परेको छ । संरक्षणको काम कतैबाट भएको छैन ।
कक्षा तिन सम्म पढाई हुने विद्यालयमा जम्मा ३ जना विद्यार्थी छन । गत वर्ष जेनतेन तिन कक्षा सम्मै पढाई भएको विद्यालयमा अहिले कक्षा एकमा मात्रै पढाई चलेको छ । त्यो पनि कार्यालय सहयोगितको भरमा कक्षा एकमा मात्रै ३ जना विद्यार्थीको लागि । ति विद्यार्थी अन्यत्र लगेर पढाउन नजिकै विद्यालय छैन । १ जना विद्यार्थी भएपनि चलाउनै पर्ने बाध्यता छ ।
“विद्यालयमा २ जना शिक्षकको दरबन्दी हो । विद्यार्थी कम भएपछि एउटा दरबन्दी काटियो ।” रास्कोटीले भने “एक जना शिक्षक काजमा चिसापानी प्राविमा हुनुहुन्छ । पहिरोकै डरले वरपरका स्थानिय बसाईसर्दा विद्यालयमा विद्यार्थी नै नहुने अबस्था भयो । पहिरोको डरले परिवार बसाईसर्ने गरिरहेका छन । अब केटाकेटी नै नभएपछि विद्यालय कसरी चल्ला र ।” उनले भने।
स्थानिय सरकार संचालन ऐन २०७४ को अनुसूची १ अनुशार जिल्ला वर्गिकरणमा बागलुङ पहाडी जिल्ला हो । शिक्षा नियमावली, २०५९ ले तोके अनुसार पहाडी क्षेत्रका विद्यालयमा १ शिक्षक बराबर ४५ जना विद्यार्र्थी (१ः४५) को अनुपात हुनुपर्छ । तर जिल्लाको बडिगाड गाउँपालिकामा भने १ शिक्षक बराबर औसत २१ जना मात्र विद्यार्थी छन्।
गत बैशाखमा सार्वजनिक आर्थिक वर्ष २०८१/८२ को महालेखाको प्रतिवेदन अनुशार बडिगाडका ११ विद्यालयमा त एक जना शिक्षक बराबर १० जना विद्यार्थी पनि प्रर्दैन्न् । न्युन विद्यार्थी संख्या भएका विद्यालयमा पनि दरबन्दीका शिक्षक छन । विद्यालय मर्जको अवधारणामा पालिका जान नसक्दा पालिकाको प्रतिविद्यार्थी वार्षिक लागत ३२ हजार ७७० पुगेको छ ।
महालेखाले सिर्जनशिल सहित, सिद्धवारी प्रावि रणसिंह, लौँगा मावि जलजला, शिवालय प्रावि रणसिंह, देउराली प्रावि ग्वालिचौर, सिद्ध प्रावि जलजला, सुरकुडी प्रावि भिमगिठे, माइस्थान प्रावि भिमगिठे, किटेनी प्रावि सिसाखानी, तिनचुले प्रावि रणसिंह र माइस्थान प्रावि दगामा एक जना शिक्षक बराबर १० विद्यार्थी पनि नप्रर्ने उल्लेख गरेको छ ।
विद्यार्थी कम मात्रै होईन । दरबन्दी अनुशारका शिक्षकको पनि बडिगाडमा अभाव छ । महालेखा परीक्षककोे वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुशार पालिकाभर ६३ सामुदायिक विद्यालयमा ९ हजार ४७ विद्यार्थी पढाउन ४२९ दरबन्दी छ । जस मध्ये बडिगाडमा ३३४ स्थायी र ९४ राहत तथा करारका शिक्षक छन ।
प्रतिवेदनमा विद्यार्थी अनुपात कम भएकै कारण प्रति विद्यार्थी लागत बढेको बताउदै प्रतिवेदनको ३५.४ बुदाँमा महालेखाले विद्यार्थी संख्या अनुशार शिक्षक दरबन्दी मिलान गरेर प्रति विद्यार्थी लागत कम गर्न पहल गर्नु भनेको छ ।
बडिगाड गाउँपालिकाका शिक्षा अधिकृत कुलराज घिमिरेका अनुशार अहिले पालिकाले शिक्षक दरवन्दी मिलनको लागि भने काम गर्दै छ । “मावि संचालनमा रहेको केहि विद्यालयमा मावि दरबन्दी नै छैन । जिल्ला स्तरीय छलफलबाट पनि जिल्लाभर एकै किसिमको दरबन्दी मिलान गर्ने सहमति भएको छ । अब यहाँ पनि विद्यार्थीको टाउको गनेर विद्यालय अनुगमन गरी थप प्रकृया अघि बढाउने गरी काम हुदैछ ।” उनले भने ।
यता खार माविका प्रध्यानाध्यापक यज्ञ घिमिरे प्रयाप्त स्थाई शिक्षक दरबन्दी नहुदाँ समस्या हुने गरेको बताउन्छन । बजार क्षेत्रका विद्यालयमा खासै विद्यार्थीको समस्या छैन । अंग्रेजी माध्यमका कक्षा संचालन गर्दा बजार झरेका केहि अभिभावक ठुला सहर पस्न बाट रोक्न सकिएको उनले बताए ।
“विद्यार्थी संख्या बजार क्षेत्रका विद्यालयमा खासै समस्याको विषय होईन । तर स्थाई शिक्षकको समस्या पालिकाभर छ । गाउँपालिकाबाट शिक्षक पदपुर्तिको पहल भएपनि अस्थाई शिक्षकको कारण शिक्षक स्थाई नहुदाँ पठनपाठनमा समेत असर पर्ने गरेको छ ।” उनले भने ।
घिमिरले थपे “मावि दरबन्दीका विद्यालयमा संघिय अनुदानका शिक्षकहरु हुनुहुन्छ प्राय । त्यसमा पनि अंगे्रजी, गणित र विज्ञान विषयका शिक्षकहरु मात्रै नियुक्ती गर्न मिल्छ । अन्य विषय शिक्षकको त समस्या नै छ ।”
खार मावि जस्तै, लौंगा मावि जलजला, भानु मावि बडिगाड १० निगलपानि सहित आधारभुत तहका विद्यालयहरु स्थाई प्रावि दरबन्दीकै भरमा चलेको बडिगाड गाउँपालिकाका शिक्षा अधिकृत कुलराज घिमिरे स्विकार्छन । यसरी स्थाई दरबन्दीका शिक्षक प्रयाप्त नहुदाँ यसको असर पालिकाको एसईई नितिजामा देखिने गरेको छ ।
२०८१ को एसईई परीक्षामा पालिकाभरका ७७ जना विद्यार्थीले मात्र उच्च जिपिए ल्याउन सकेका छन । जमध्ये ७० सामुदायिक विद्यालयका विद्यार्थी हुन भने ७ संस्थागत विद्यालयका विद्यार्थी हुन । त्यसमा पनि ३.६१ देखि ४ जिपिए ल्याउने विद्यार्थी सामुदायिक तर्फ ७ जना छन भने संस्थागत विद्यार्थी ५ जना छन । ६३ जना सामुदायिक विद्यालयका विद्यार्थीले ३.२१ देखि ३.६० जिपिए ल्यउने संस्थागत तर्फ २ जना विद्यार्थी छन ।
२०८२ सालको एसईई नतिजामा पनि पालिकाले खासै राम्रो नजिता ल्याएको छैन । कुल ४२२ विद्यार्थी सहभागि परिक्षामा आधा ५०.२३ प्रतिशत अर्थात २१५ जना उर्तिण भएका थिए । पालिकाका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या भन्दापनि बढि शिक्षक हुदाँ समेत खस्कदो शैक्षिक गुणस्तर हुनु दुखद भएको सरोकारवाला बताउन्छन ।
पालिकामा विद्यार्थी संख्या कम भएका विद्यालय मर्ज गर्न पनि काम भईरहेको शिक्षा अधिकृत कुलराज घिमिरेले बताए । ६६ विद्यालयबाट तिन बालविकास सहित अहिले पालिकामा ६० विद्यालय रहेको बताउदै घिमिरेले विद्यालयमा स्थानियले गरेको लगानिका कारण विद्यालय मर्ज गर्न भने समस्या हुने गरेको सुनाए ।
“विद्यालय मर्ज गर्ने कुरा गर्दा स्थानियले हामिले विद्यालय खोल्न दुख गरेको हो १ जना विद्यार्थी भएपनि विद्यालय यहि हुनपर्छ भन्नुहुन्छ ।” उनले थपे “पालिकाको भौगौलिक बनावट ठुलो र जटिल भएकाले बडिगाडमा सजिलै विद्यालय मर्ज गर्न पनि फेरी कठिन छ।” शौक्षिक सत्र २०८२ मा कुल ८ हजार ७७८ विद्यार्थी संख्या भएको बडिगाडमा यस शैक्षिक सत्रमा ८ हजार ३७५ विद्यार्थी संख्या छ ।


अनिष पाठक
प्रतिकृया दिनुहोस