• २० बैशाख २०८१, बिहीबार
  • १६:१०:५४

Now: लाेक सारथी

Next: थाहा अपडेट

बागलुङ र गुल्मीको सिमा बल्देधुरीमा झडप हुँदा २ जनाको मृत्यु

बागलुङ र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई स्थानका युवाहरुविच झडप हुँदा २ जनाको ज्यान गएको छ। सो घटनामा निसिखोला गाउँपालिका वडा नं. ७ राजकुतका अन्दाजी ३६ वर्षिय प्रकाश कुँवर र २९ वर्षिय दिपक दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले पुष्टि गर्नुभएको छ।

मृतकको घटनास्थल नजिकै भिरमा शव भेटिएको थियो। बडिगाड गाउँपालिका वडा नं. १० दर्लिङ र निसिखोला गाउँपालिका वडा नं. ७ राजकुत युवाहरु विच विवाद हुँदा भएको झडपमा १० जना वढि सम्पर्क विहिन भएको निसिखोला गाउँपालिका वडा नं. ७ का अध्यक्ष तेजेन्द्र विक्रम कुँवरले बताउनु भएको छ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको टोली घटनास्थलमा पुगेको छ भने थप प्रहरी टोली पठाइएको प्रनाउ हवारीले जानकारी दिनुभएको छ। रातको समय तथा घटनास्थल दुर्गममा भएकोले समस्या भैरहेको प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै