• २० बैशाख २०८१, बिहीबार
  • १५:१७:२४

Now: लोकछहारी

Next: थाहा अपडेट

बडिगाड घटना अपडेट: बागलुङ र गुल्मीको सिमामा झडप हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

बागलुङ र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई स्थानका युवाहरुविच झडप हुँदा ज्यान गुमाएका निसिखोला गाउँपालिका वडा नं. ७ राजकुतका अन्दाजी ३६ वर्षिय प्रकाश कुँवर र २९ वर्षिय दिपक दमाईको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टमको तयारी भैरहेको छ ।

घटनामा घाइते भएका ६ जना युवा मध्ये १ जनाको अवस्था गम्भिर (मध्यम) रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक कृष्ण बहादुुर पल्ली मगरले जानकारी दिनुभएको छ। गम्भिर घाइते भएका ज्ञानु परियारलाई थप उपचारको लागि पाल्पा पठाइएको छ। घटना होली खेल्ने क्रममा भएको विवाद वाट भएको र संलग्नहरुको खोजी र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यसै विच नेपाली काग्रेस बागलुङले जिल्ला सदस्य प्रकाश कुँवर र क्रियाशिल सदस्य दिपक दमाइलाई नियोचित रुपमा मारिएको भन्दै घटनामा संलग्न भएकाहरुलाई कानुनि दायरामा ल्याउन माग गरेको छ।  मृतकको घटनास्थल नजिकै भिरमा शव भेटिएको थियो। बडिगाड गाउँपालिका वडा नं. १० दर्लिङ र निसिखोला गाउँपालिका वडा नं. ७ राजकुत युवाहरु विच विवाद हुँदा भएको झडपमा घाइते भएका ५ जना उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै