• २० बैशाख २०८१, बिहीबार
  • १६:१४:०३

Now: लाेक सारथी

Next: थाहा अपडेट

यस्ता रहेका छन लामखुट्टेको टोकाइबाट बच्ने घरेलु उपायहरु

अहिले गर्मी मौसम भएकाले लामखुट्टेले एकदमै सताउने गर्दछ ।  गर्मी मौसमको सबैभन्दा ठुलो समस्या मध्ये एक हो, लामखुट्टेको टोकाइ । यस मौसममा लामखुट्टेहरू बढी सक्रिय हुने भएकाले यसको टोकाइबाट विभिन्न रोग लाग्ने गर्दछ ।

लामखुट्टेको भगाउने अनेकौं धूप र लिक्विडहरू नभएका होइनन् । तर यसमा हुने केमिकलले कतिपय अवस्थामा स्वास्थ्यमा असर पार्ने गर्दछ । तसर्थ लामखुट्टे भगाउन केही घरेलु उपायहरू अपनाउनु उपयुक्त हुनसक्छ ।

तुलसी: प्रायस् हिन्दुहरुको घरै पिच्छे हुने तुलसीलाई भगवानका रुपमा पुज्ने गरिन्छ । यही तुलसी घरआगनमा हुँदा यसबाट आउने सुगन्धका कारण लामखुट्टे भाग्ने गर्दछन् ।

ल्वाङ र कागती: एक राम्रो कागतीलाई बीचमा काटेर त्यसभित्र ७र८ वटा ल्वाङ राखेर लामखुट्टे हुने कुनाहरुमा राखेमा यसले लामखुट्टे भगाउँछ ।

लसुन र ल्वाङ: ७र८ वटा ल्वाङ र लसुनका ४र५ वटा टुक्रालाई पिसेर पानीमा उमाल्ने र केहिबेर सेलाउने । त्यसपछि उक्त घोललाई छानेर सफा बोतलमा राखेर लामखुट्टे लाग्ने स्थानमा स्प्रेको रुपमा प्रयोग गर्दा लामखुट्टे भाग्दछन् ।

नीम: एन्टीब्याक्टेरियल गुण भएको नीमलाई प्राकृतिक औषधि पनि मानिन्छ । सफा नीमको पातलाई पिसेर बनाइएको लेपलाई छालामा दल्दा लामखुट्टेले टोक्दैन । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै