• ६ जेठ २०८२, सोमबार
  • १०:१४:२६

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

बडिगाडका १० वडामा चालु वर्ष वित्तिय समानीकरण बजेट अन्र्तगत ३ करोडबढि बजेट खर्च हुदै

फाेटाे : धरातल अनलाइनबाट

बागलुङ । आर्थिक वर्ष ०७८/७९ मा जिल्लाको बडिगाड गाँउपालिकामा १० वडाका ४२ आयोजनामा काम हुने भएको छ । नेपाल सरकारको वित्तिय समानीकरण बजेट अन्र्तगत पुर्वाधार, सामाजिक र आर्थिक विकाशको क्षेत्रमा ३ करोड ४५ लाख बराबरको खर्च उक्त आयोजनामा हुने बडिगाड गाँउपालिकाका योजना शाखा प्रमुख प्रकाश पौडेलले बताए ।

पालिकाका १० वटै वडाले पुर्वाधार विकाशमा मोटरबाटोलाई नै प्राथमिक्तामा राखेका छन । भने बालविकाश व्यवस्थापन, पदमार्ग निमार्ण, खानेपनि आयोजना पनि समाबेश गरेका छन ।

बडिगाड गाँउपालिकामा यस आर्थिक बर्ष आयोजनाका हिसाबले वडा नं. २ मा सबैभन्दा बढि ३३ आयोजना छन भने सबैभन्दा कम वडा नं. ३ र ९ मा ११ आयोजनामा बजेट छुट्याईएको छ । पालिकामा बजेटको आकार भने वडा नं. ४, ५, र ६ मा बढि रहेको छ जहाँ ४० लाख बजेट विनियोजन गरिएको छ भने वडा नं. २, ६, र ९ मा कम बजेट अर्थात ३० लाख बिनियोजन गरिएको छ ।

बडिगाड गाँउपालिकाको वडा नं. १ तुम्डाँडामा १३ आयोजना अन्र्तगत पुर्वाधार विकाश तर्फ मोटरबाटो सुधार तथा मर्मतमा ७ लाख, नौटुवा माईस्थान माझगाँउ नेपाने भलामी मोटरबाटोमा ५ लाख, नौटुवा राय मोटरबाटोमा ५ लाख, कमरेखोला किम्ले दुर्लुङ मोटोरबाटोमा ३ लाख, गोलपोखरी उखुधार बरपोखरा मोटरबाटोको लागि ३ लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै धङधङ ढाव वनसरी नौटुवा मोटरबाटोमा ३ लाख, कोलट दाम्की मोटरबाटोको लागि २ लाख ५० हजार, दुर्लुङ सामुदायिक भवन निर्माणको लागि १ लाख र दगातुम्डाँडा कृषक समुह भवन निमार्णको लागि  १ लाख ५० हजार विनियोजन गरिएको छ ।

भने सामाजिक विकाश अन्र्तगत वडा नं. १ मा नेपाने माझगाँउ खेलमैदान व्यवस्थापनको लागि १ लाख, खेलकुल विकाश कार्यक्रममा १ लाख, खड्कदेवि माविमा घेराबारको लागि १ लाख बजेट विनियोजन गरिएको छ । साथै सामाजिक विकाश र लक्षित वर्ग कार्यक्रमको लागि वडा नं. १ मा आरन सुधार कार्यक्रममा १ लाख बजेट विनियोजन गरिएको छ ।

पालिकाको वडा नं. २ खर्वाङको ३३ आयोजना मध्ये सामाजिक विकाशतर्फ वनसरी खानेपानी टंकी निमार्ण तथा पाईप खरिदको लागि १ लाख ७५ हजार, भगवती प्राविको कक्षाकोठा मर्मतमा १ लाख, भल,ढल तथा जालि व्यवस्थापनको लागि १ लाख, ओदर्दी ढल निकासको लागि १ लाख २५ हजार, शिवालय बालविकास व्यवस्थापनमा ५० हजार, बालकल्याण बाल विकाश व्यवस्थापनमा ५० हजार, टुटिफेद बाल विकाश व्यवस्थापनको लागि ५० हजार, रेमलीटोला प्राविको लागि ५० हजार बजेट छुट्याईएको छ ।

यस्तै भाटी खोनेपानी योजनाको लागि १ लाख, टंकी निमार्ण बुडो दमारको लागि ५० हजार, हाडिखोला मस्यार खानेपानी मर्मतको लागि १ लाख, हिमालय बालविकास कोठा व्यवस्थापनको लागि १ लाख, जिउनीखोला खानेपानी ट्याङकी निमार्णकोलागि २ लाख, शेषकान्त मैदान बालविकाशको लागि ५० हजार, खर्वाङ ढल निकासको लागि २ लाख र उपल्लो खर्वाङबजारमा खोनेपानी ट्याङकी निमार्णको लागि १ लाख बजेट विनियोजन गरिएको छ ।

बडिगाड गाँउपालिकाको वडा नं. २ खर्वाङका ३३ आयोजना मध्ये पुर्वाधार विकाश तर्फ राक्से जिमि मोटरबाटो निमार्णको लागि ५० हजार, जेड्ना सक्न्यार मोटरबाटो मर्मतको लागि ५० हजार, जनचेतना प्रतिक्षालय निमार्णको लागि ५० हजार, पोखरा टोला मुख्यटोल दमार बुढापोखरा मोटरबाटोको लागि १ लाख, पुनटोल साउने माईस्थान भाटी मोटरबाटोको लागि १ लाख, आकाशेपुल माईस्थान पर्यटन पदमार्गको लागि १ लाख, सिमलचौर मोटरबाटो मर्मतको लागि १ लाख, हाडिखोला तटबन्ध निमार्णको लागि १ लाख, हुकुर्थम गहते पदमार्गको लागि १ लाख, हाडिखोला मोटरबाटो निमार्णको लागि १ लाख, सपनी खोला पदमार्ग मर्मतमा १ लाख, खर्वाङ उपल्लो बजारमा प्रतिक्षालय निमार्णको लागि १ लाख, सामुदायिक संचार भवन व्यवस्थापनमा १ लाख, र खर्वाङ कवर्डहल व्यवस्थापनमा ५० हजार रकम विनियोजन भएको छ ।

भने वडा नं. २ मै आर्थिक विकसतर्फ ओदर्दी लिफ्टि सिचाई योजना मर्मतमा ५० हजार, हाडिखोला ठुलो पोखरी हुकुर्थुम सिचाईको लागि १ लाख बजेट छुट्याईको छ भने वडा नं. २ मा सुशासन तथा अन्तरसम्बन्धीत क्षेत्र तर्फ जनजागृति महिला समुह क्षमता अभिवुद्धि कार्यक्रममा ५० हजार रमक विनियोजन गरिएको छ ।

बडिगाड गाँउपालिकाको वडा नं. ३ सिसाखानीका ११ आयोजना मध्ये ७ आयोजना पुर्वाधार विकाश तर्फका रहेका छन । जस अन्र्तगत भलामि सिसाखानी मोटरबाटोको लागि ६ लाख, टाँकरछेडा स्याल मोटरबाटोमा १० लाख, मोटरबाटो मर्मत तर्फ ७ लाख, किटेनी प्रावि व्यवस्थापनमा १ लाख, माथिल्लो गिरिङदिखोला लघु जलविद्युत मर्मतमा २ लाख, कन्चनादेवि प्राविमा शौचालय फिर्निचर व्यवस्थापनमा १ लाख, देविस्थान प्राविको शौचालय मर्मतमा २ लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै वडा नं. ३ सिसाखानीमा आर्थिक विकाशतर्फ लसुनेखोला कुलो मर्मत तथा पाईप खरिदमा २ लाख ५० हजार, भलामी खोला कुलो मर्मतमा १ लाख ५० हजार र सर्केढुङगा कुलो मर्मतमा १ लाख रकम रहेको छ भने सामाजिक विकाश तर्फ कञ्चनापुर आधारभुत विद्यालय व्यवस्थापनमा १ लाख बजेट छ्ट्याईएको छ ।

यस्तै बडिगाड गाँउपालिकाको बार्षिक विकाश कार्यक्रम अन्र्तगत पालिकाको वडा नं. ४ जलजलामा यस वर्ष २२ आयोजनामा काम हुदैछ । जस अन्र्तगत पुर्वाधार विकाश तर्फ वाईसना मनकामना गोरेटो बाटोमा १ लाख ५० हजार, बतासे सितखोला काफलडाँडा मोटरबाटो मर्मतमा ४ लाख, डाखिनडाँडा बारिगाँउ गोरेटो बाटोमा १ लाख, पट्टेपोखरा धरथापे मोटरबाटो मर्मतमा १ लाख ५० हजार, खोल्टेपानी ढल निमार्णमा २ लाख ५० हजार, अदमछेडा समुन्द्रे नेटाखर्क मोटारबाटो मर्मतमा २ लाख ५० हजार, गुफा सिरुखर्क मोटरबाटो निमार्णमा ६ लाख, देउराली खेलमैदान निमार्णको लागि १ लाख ५० हजार, कालिका बालविकासको भवन निमार्णमा २ लाख, नैतुल सामुदायिक भवन निमार्णमा २ लाख ५० हजार, दिपार झुलेडाँडा गारेटोबाटोमा १ लाख, अदम पधेरा घेराबारको लागि १ लाख, दिपार भलिबल खेल मैदान निमार्णको लागि १ लाख, र देउराली गौरा मोटरबाटोको लागि १ लाख रकम विनियोजन भएको छ ।

यस्तै वडान नं. ४ जलजलमा सामाजिक विकासतर्फ लुङगा माविको लागि १ लाख, जलजला स्वाथ्य चौकिमा ट्रस्ट निमार्णको लागि ४ लाख, गौखुरीया खानेपानी टंकि निमार्ण तथा घेराबारको लागि १ लाख, स्माली खानेपानी टंकी निमार्णको लागि १ लाख, कोप्चे खानेपानी घेराबारको लागि १ लाख, र पात्ले खानेपानी टंकि मर्मतको लागि १ लाख रकम विनियोजन गरिएको छ ।

भने वडा नं. ४ जलजलामा शुशासन तथा अन्तरम्बिन्धीत क्षेत्र कार्यक्रम तर्फ दलित सशक्तिकरण तालिमको लागि १ लाख, र महिला सशक्तिकरण तालिमको लागि १ लाख रकम विनियोजन भएको छ ।

यस्तै बडिगाड गाँउपालिकाको वडा नं. ५ ग्वालिचौरमा आर्थिक वर्ष २०७८÷७९ को वार्षिक विकास कार्यक्रम अन्र्तगत २० आयोजनामा ४० लाख बराबरको कम हुदैछ । जस अन्र्तगत पुर्वाधार विकास तर्फ वडा नं. ५ को मोटरबाटो मर्मतको लागि ९ लाख, न्वार सिरान कुलो मर्मतको लागि १ लाख, लब्धीकुलो कलभर्ट निमार्णको लागि २ लाख, भट्टराईटोल मोटोरबाटोमा २ लाख, भानु मावि मोटरबाटोको लागि २ लाख, ढोर खेत कुलो मर्मतमा १ लाख, खौलार सिवालय सिढीमार्ग निमार्णमा ३ लाख बजेट विनियोजन गरिएको छ ।

पुर्वाधार विकास तर्फै वडा नं. ५ मा घर्ति कुलो विस्तारमा २ लाख, फेदि भल निकासमा १ लाख, दाँगचौर खानेपानी तथा ढल निकासमा १ लाख ५० हजार, गौह्राखर्क तल्लो कसिनडाँडा माटोरबाटो निमार्णको लागि ३ लाख, ढाँड कुलो मर्मतको लागि ५० हजार, खहरे खौलार खोला चेक डयापको लागि ३ लाख, र खार दाँग मोटरबाटो कलभर्ट निमार्णमा ५० हजार रकम विनियोजन भएको छ ।

साथै वडा नं. ५ मै सामाजिक विकास तर्फ न्वार खानेपानीको लागि १ लाख, दाँग विद्युत लाईन मर्मतको लागि १ लाख ५० हजार, भिरकोट विद्युत मर्मतको लागि १ लाख, दाँग सिरानटोल खानेपानी निमार्णको लागि २ लाख बजेट छुट्याईएको छ । भने आर्थिक विकास तर्फ जफते सिंचाई पाईप खरिदको लागि २ लाख, र शसासन तथा अन्तरसम्बन्धी क्षेत्र तर्फ दलित संजालनको कार्यक्रमको लागि १ लाख बजेट विनियोजन गरिएको छ ।

बडिगाड गाँउपालिकाको वडा नं. ६ खालका २० आयोजना अन्र्तगत पुर्वाधार विकास तर्फ छिसफाँट सुरकुडे मोटरबाटो निमार्णको लागि ८ लाख, वडा नं. ६ महिला भवन निमार्णमा २ लाख, ढाडखर्क नयाँगाँउ मोटरबाटो निमार्णको लागि ४ लाख, वेरेनी ध्वाङ गोरेटोबाटो निमार्णमा ८० हजार, ढाडखर्कमा सार्वजनिक भवन मर्मतको लागि ५० हजार, छिसफाँट दोभानघाट गोरेटोबाटोको लागि ७० हजार, शिद् बराह प्रावि मोटरबाटोमा १ लाख, मसिनधारा पाखल्दी गोरेटोबाटोको लागि ५० हजार, वडा नं. ६ को मोटरबाटो मर्मतमा ३ लाख, सरस्वती प्राविको गेट निमार्णको लागि ५० हजार, सिद्बहार प्रावि भवन मर्मतको लागि ८० हजार र ठुलाचौर नयाँगाँउ गोरेटोबाटो मर्मतको लागि ५० हजार रकम विनियोजन गरिएको छ ।

बडिगाड गाँउपालिकाको बार्षिक विकास कार्यक्रम २०७८÷७९ अन्र्तगत वडा नं. ६ खालमा सामाजिक विकास तर्फ एक्लेखेल खानेपानी मर्मतको लागि ५० हजार, कलबाज चितचौर खानेपानी मर्मतको लागि ५० हजार, थापाचौर खानेपानी मर्मतको लागि १ लाख ५० हजार, कुलवाज खानेपानी संरक्षणको लागि १ लाख ५० हजार र ध्वाङ होमस्टे अध्ययन तथा व्यवस्थापनको लागि १ लाख बजेट छुट्याईएको छ ।

भने वडा नं. ६ खालमा आर्थिक विकास तर्फ मार्के सिचाई कु्लो निमार्णको लागि ९० हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ वडा स्तरीय दलित लक्षित कार्यक्रमको लागि १ लाख र क्षमता अभिवृद्धि कार्यक्रम तर्फ ८० हजार रकम विनियोजन गरिएको छ ।

उता बडिगाड गाँउपालिका वडा नं. ७ भिमगिठेमा भने १७ आयोजनाको लागि ३५ लाख रकम विनियोजन गरिएको छ । जस अन्र्तगत पुर्वाधार विकास तर्फ बडिगाड ७ को मोटरबाटो मर्मत एंव नाका विस्तारको लागि ९ लाख, गाँव छाप मोटारबाटो(वडा स्तरीय) मा ५ लाख, भद्रेचौर मोटरबाटोको लागि ४ लाख, राना टोल मोटरबाटोको लागि १ लाख, भित्रेनी मोटरबाटोको लागि १ लाख ५० हजार, नौलाखर्क मोटरबाटोमा २ लाख, डाँफेपातल आधारभुत विद्यालय गोरेटोबाटो निमार्णको लागि १ लाख, ओरजरा गोरेटोबाटो निमार्णको लागि ५० हजार र टुनिबोट अमिले चित्राम मोटोरबाटोको लागि १ लाख बजेट छ्ट्याईएको छ ।

यस्तै वडा नं. ७ भिमगिठेमा सामाजिक विकास तर्फ भिमगिठे स्वास्थ्य चौकि व्यवस्थापनको लागि २ लाख, चित्राम खानेपानी मर्मतको लागि १ लाख, खड्क जयन्ती आधारभुत विद्यालय व्यवस्थापनको लागि १ लाख, खोलाखर्क दिक्षे सिचाईको लागि १ लाख, माईस्थान प्राथमिक विद्यालयक व्यवस्थापनको लागि १ लाख, माझखर्क आधारभुत विद्यालय व्यवस्थापनको लागि १ लाख, र दिपतारा प्राथमिक विद्यालय व्यवस्थापनको लागि १ लाख बजेट विनियोज गरिएको छ ।

भने वडा नं. ७ भिमगिठेमै सुशासन तथा अन्तरसम्बन्धीत क्षेत्रतर्फ बडिगाड ७ विपत व्यवस्थापनको लागि २ लाख बजेट परेको छ ।

यस्तै वडा नं. ८ रणसिंहकिटेनीमा १४ आयोजनामा ४० लाख बराबरको बजेट विनियोजन गरिएको छ जस अन्र्तगत पुर्वाधार विकासतर्फ पुरानोगाँउ डाँडाखर्क देउराली मोटरबाटोको लागि ७ लाख, धनुषा डाँडा मोटरबाटोमा ६ लाख, तिनघारे खोलाखर्क मोटरबाटो मर्मत तथा सुधारमा ५ लाख, बडिगाड ८ को मोटरबाटो मर्मतमा ९ लाख, घोरघोरे महिला भवन घेराबार तथा फर्निचर खरिदमा १ लाख ५० हजार, रणसिंह पात्ले बाटोमा ग्याबिन लगाउन १ लाख, रणसिंह बढोघर ठाडोबाटो मर्मतमा १ लाख ५० हजार बजेट छुट्याईएको छ ।

रणसिंहकिटेनीकै बार्षिक विकास कार्यक्रम अन्र्तगत पुर्वाधार विकास तर्फ नै तिरुवा टोल तेश्रोबाटो नालि ढलानको लागि १ लाख, देउराली बाङचौर शिव मन्दिर मर्मतमा १ लाख, भिमगिठे प्रहरी चौकि मर्मतको लागि ५० हजार, नेपाने नेटाखर्क गोरेटोबाटो मर्मतमा १ लाख ५० हजुार र किटेनी  माविको मैदान सम्माउनको लागि १ लाख बजेट विनियोजन गरिएको छ भने सामाजिक विकास तर्फ तल्लो पोखरा डाँडा खानेपानी मर्मतको लागि  २ लाख ५० हजार र पुरानो गाँउ स्वास्थ्य चौकीमा सोलार खरिदको लागि १ लाख ५० हजार रकम छ्ट्याईएको छ ।

त्यस्तै बडिगाडको वार्षिक विकास कार्यक्रम अन्र्तगत वडा नं. ९ दर्लिङ खोलामा ११ आयोजनाको लागि ३० लाख बजेट परेको छ । जहाँ पुर्वाधार विकास तर्फ वडा नं. ९ मा मोटरबाटो मर्मतको लागि ७ लाख, मालारानी कल्व भवन व्यवस्थापनको लागि १ लाख ५० हजार, मालारानी थापाटोल ढल निकासको लागि १ लाख ५० हजार, दमाईटोल जउसिनि गोरेटोबाटोको लागि १ लाख, र सिमलचौर आकासेपुलको जीप व्यवस्थापनको लागि १ लाख रकम विनियोजन गरिएको छ ।

भने वडा नं. ९ दर्लिङ खोलामा सामाजिक विकास तर्फ सिद्ध मावि व्यवस्थापनको लागि ५ लाख, स्वाथ्य चौकी व्यवस्थापनकोलागि ४ लाख, राकीचौर राम मन्दिर मर्मतको लागि १ लाख ५० हजार र नेपाने सिता मन्दिर निमार्णको लागि २ लाख बजेट छुट्याईएको छ भने आर्थिक विकासको क्षेत्रमा धारचौर मजुवा मैदाजे सिंचाई आयोजनाको लागि ४ लाख र खालकोट नुनथाला सिंचाई आयोजनामा १ लाख ५० हजार रकम परेको छ ।

यस्तै बडिगाड गाँउपालिकाको वडा नं. १० दर्लिङमा यस वर्ष ११ आयोजनामा ३५ लाखको काम हुदैछ । जस अन्र्तगत पुर्वाधार विकास तर्फ तरुनी बिसौना क्वालाजिङ मोटरबाटोको लागि ५ लाख, निगालपानी गोरेबाङ पात्ले मोटरबाटोको लागि ५ लाख, बडिगाड १० को मोटरबाटो मर्मतको लागि ६ लाख, सामुदायिक स्वास्थ्य ईकाई पलास्टर र रङरोगनको लागि १ लाख, देउराली प्रावि घेरावारको लागि ३ लाख, नमुना प्रावि आरुपाटको भवन मर्मतको लागि २ लाख ५० हजार, र दर्लिङ मावि घेरावार मर्मत तथा रंङरोगनको लागि २ लाख रकम विनियोजन गरिुको छ ।

साथै वडा नं. १० मै सामाजिक विकास तर्फ चिसापानी प्राविमा फर्निचर व्यवस्थापनको लागि १ लाख, देवि मन्दिर (पात्ले) पुन निमार्णको लागि १ लाख, राम्चे बालविकास व्यवस्थापनको लागि १ लाख, क्लवाजिङ बालविकास व्यवस्थापनको लागि १ लाख, नुनथला बालविकास व्यवस्थापनको लागि १ लाख, देउराली बालविकास व्यवस्थापनमा १ लाख, भानु आधारभुत व्यवस्थापनको लागि २ लाख ५० हजार, र गंगरे देउराली निमार्ण तथा मन्दिर पेटि निमार्णमा २ लाख रकम छुट्याईएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै