• १८ बैशाख २०८१, मंगलबार
  • ०४:२६:३४

Now:

Next: शुभारम्भ धुन

पाल्पा जिप दुर्घटनामा मुसिकाेट र बडिगाडका घाइते उपचारपछि घर फर्किए

बुटवल । बुटवलबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको ना १ ज ७९५३ नम्बरको जीप पाल्पाको तानसेन नगरपालिका १४ छतिवनमा दुर्घटना हुँदा ४ जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार गुल्मीको मुसिकोट नगरपालिका–१ का ६७ वर्षीय ईश्वरा घिमिरे, सोही ठाउँकी ८ वर्षीय सुप्रिया घिमिरे, पाल्पाको रिब्दीकोट गाउँपालिका–६ की २४ वर्षीय रेखा रोका र बागलुङको बडिगाड गाउँपालिका–५ का अतिस पाइजा सामान्य घाइते भएका छन् ।

उनीहरु रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडिमा उपचारपछि घर गएका छन् । आज दिउसो दुर्घटना भएको जिप चालक प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेकाे प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै